Ad Area

मुद्दाका कारण हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम स्थगित


घोराही, १९ चैत । लमही उपमहानगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ वाट स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भयो । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि त्यहाँका किसानहरुले बाख्रा पालन र कागती खेतिको माग गरे । लुम्बिनी प्रदेश सरकारवाट यही कार्यक्रमका लागि पहिलो बर्ष ५० हजार बजेट बिनियोजन भएको थियो । पहिलो बर्ष कृषि ज्ञान केन्द्र बाट कार्यक्रम सञ्चालन भएको थियो । १५ लाख रुपैँयाको लागतमा हर्दवा स्थित खोल्सामा बर्खायामकोे पानी जम्मा गरेर कृषिका लागि जलाशय निर्माण गरिएको थियो ।

यही योजनाका बिषयमा स्थानीय केही युवाहरुले बिरोध गरे । बर्षातको पानी जम्मा हुने जलाशयमा १५ लाख रुपैँया अस्वभाविक भएको भन्दै विरोध गरेका थिए । हर्दवा स्मार्ट कृषि गाउँका कृषक रुद्र बहादुर पुनले कागति खेति सिचाइँका लागि पश्चिम खोल्साको पश्चिम तिरको भाग थुनेर जलाशय बनाएको बताए । अहिले त्यही जलाशयको पानीले कागति खेती सिचाइँ गरिन्छ ।

कार्यक्रम अन्तर्रगत एउटा पावर टिलर, मिनी ट्रिलर, कागतीका हाँगा काट्ने ठूलो कैंची तीन हजार छ सय ५० कागतीका बिरुवा खरीद ग¥यो । सबै शिर्षकका सामान खरिदमा लागत रकम भन्दा धेरै रकम देखिएको र रकम हिनामिना भएको भन्दै बिरोध भयो । अहिले रकम हिनामिना शिर्षकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा छ । स्मार्ट कृषि गाउँ कार्यक्रम स्थगित छ ।

कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष अमर कवँरले काम गर्दा गाउँकै केही युवाहरुले अख्तियारमा मुद्दा हालेको बताए । तर ती युवाहरु को हुन् भन्ने बिषयमा बोलेनन् । “कार्यक्रम सचालनका क्रममा रकम हिनामिना भएको भन्दै मुद्दा परेको छ भन्ने खबर पशु कार्यालयका कर्मचारीहरुले भन्नुभएको थियो’ । काम गर्दा व्यवहारिक पक्ष मिलाउन खोज्दा यो समस्या आएको उनले बताए । ‘कार्यक्रम लागु गर्दा प्रदेश सरकारले ५० लाख दिँदा हामिले १२ लाख पाँच हजार रकम उठाउनुपर्छ ।’ त्यो रकम उठाउन गाउँका कृषकहरुले मानेनन् । कृषकले रकम उठाउन नमान्दा व्यवहारिक पक्ष मिलाउन खोज्दा यो समस्या आएको हो । “गाउँमा सबै गरिव कृषकहरु छन्, १२ लाख रुपैँया स्थानियतहको लागत सहभागिता हुनुपर्छ, जो यहाँका कृषकले रकम उठाउने सम्भव थिएन ।’

हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम आर्थिक बर्ष २०७५÷०७६ मा कृषि ज्ञान केन्द्रले हेर्ने गरी कार्यान्वयन भएको थियो । कागति र बाख्रा हेर्न असहज भएपछि कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङबाट आर्थिक बर्ष २०७६÷०७७ बाट कार्यान्वयन भएको हो । पहिलो र दोस्रो बर्ष काम भएपनि २०७७÷०७८ वाट भने काम नभएर स्थगित गरिएको विज्ञ केन्द्रका सुचना अधिकारी कृष्ण न्यौ

पानेले बताए । पहिलो वर्षको ५० लाख र दोस्रो वर्षको तेस्रो चौमासिक सम्मको १९ लाख ४५ हजार रुपैँया भुक्तानी भएको छ । जलवायू स्मार्ट कार्यक्रम अन्तर्रगत जलवायू सम्बन्धि सूचना प्रचार प्रसार गर्ने, ल्यापटप खरिद, एक घर पाँच फलफुलका विरुवा रोप्ने कार्यक्रम, फोहोर व्यवस्थापनका लागि डस्टविन खरिद शिर्षकमा रकम भुक्तानी भएको हो ।

Blog Post Ad

स्थानीय कृषक रुद्र बहादुर पुनले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्रगत राम्रो काम भएपनि मुद्दा पर्दा काम स्थगित भएको बताए । ‘सात कठ्ठामा कागति खेति गरिएको जानकारी दिए । पहिलेवाट कागती खेति गर्दे आएका उनले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएपछि ७५ वटा कागतीका विरुवा निशुल्क पाएका थिए । कागती खेतिका लागि माटो चेकजाँच, परामर्श पाएका थियौ, विज्ञहरुले पनि कागती खेतिका लागि उर्वर ठाउँ भनेर भन्नुभएको थियो, उनले भने । सोही ठाउँका किसान रित बहादुर रानाले कागती र मकै खेती गरेको बताए । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि बनाएको ड्याम्कै पानी सिचाइँ गर्छाे उनले भने । मुद्दा नगरेको भए उदाहरणिय गाउँ बन्ने सोही ठाउँकी बोझी बुढामगरले बताइन् । गाउँका अधिकांश किसानहरु कागती खेति र बाख्रा पालन गरेका छन् ।

 

Blog Post Ad Blog Post Ad