आत्मनिर्भर लघुवित्त संस्था नारायणपुर शाखा केन्द्र प्रमुखहरुसँग समिक्षा गोष्ठी सम्पन्न

घाेराही, २० चैत्र । ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा प्रवर्द्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाको केन्द्र प्रमुखहरु सँगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम आईतबार नारायणपुरमा सम्पन्न भएको छ ।
नारायणपुर शाखाका शाखा प्रवन्धक बसन्ती श्रेष्ठको अध्यक्षता एवं ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथी चौधरीले १७ सय लगानीबाट शुरूवात गरेको कार्यक्रम अहिले घ वर्गको बैंकको रुपमा परिणत भई करोडौंको कारोबार गर्न सफल भएको बताएकी छिन ।
लघुवित्तका माध्यमबाट अहिले अधिकांश महिला दिदीबहिनीहरुलाई आर्थिक, सामाजिक राजनीतिक सशक्तिकरण गर्दै अगाडि बढाएको समेत बताईन् ।
‘मन, वचन र कर्मले थालनी गरिएको कामले अहिले सयाैँ दिदीबहिनीहरुकाे जीवनमा उज्यालो छर्ने काम भएको देख्दा मनमा बेग्लै सन्तुष्टि मिल्ने रहेछ,’ उनले भनिन ‘उहाँहरुकाे सफलता नै हामीले देखेकाे, परिकल्पना गरेकाे कुरा हाे ।’
कार्यक्रममा लघुबित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबिर चौधरीले आर्थिक सशक्तिकरणका लागि लघुबित्तहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै महिला उद्यमी संख्यामा वृद्धिसँगै समुदायलाई नै स्वरोजगार तर्फ उन्मुख गराउदै लगेको बताए ।
कार्यक्रममा विभिन्न विधामा महिला समुह, उत्कृष्ट उद्यमी लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रममा चार उत्कृष्ट केन्द्र, चार सफल उद्यमीहरु र एक अनुशासित केन्द्रलाई सम्मान तथा पुरस्कार वितरण गरिएकाे थियाे । अतिथिकाे रुपमा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगतवीर चाैधरी, संस्थाकाे अध्यक्ष मिरा चाैधरी लगायत रहेका थिए ।
सयाैँकाे संख्यामा सहभागी भएको भव्य कार्यक्रमको सहजीकरण सुशीला गिरीले गरेकी थिईन्।