Ad Area

नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, भोली राष्ट्रियसभा अध्यक्षले उद्घाटन गर्ने


दाङ,२४ चैत । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन आयोजक समितिले बिहिवार घोराहीमा पत्रकार संमेलनको आयोजना गरी तयारीका विषयमा जानकारी गराउदै तयारी स्वरुप सबै काम भएको जानकारी गराएको हो ।

कार्यक्रममा मगर संघका लुम्बिनी प्रदेश इन्चार्ज धन बहादुर पुनले चैत २५, २६ र २७ गते लुम्विनी प्रदेशको दाङ घोराहीमा जानकारी गराउनुभयो । महाधिवेशनमा चार सय भन्दा बढी प्रतिनिधि सहभागि हुने भएका छन् । यता जिल्लाका स्थानियपालिका मगर संघका अध्यक्षहरुको सहभागिता रहने छ । घोराही स्थित जिल्ला समन्वय समितिको दक्षीणतर्फ रहेको सहिद मञ्चमा कार्यक्रम उद्घाटन अगाडी ¥यालीको आयोजना गरिएको आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले महाधिवेशनले मगर संघको भावी कार्ययोजना तयार गर्ने बताउनुभयो । हाल मगरहरुको भाषिक, साँस्कृतिक अवस्था, नेतृत्वतहमा पहुँच र सहभागिताको विषयमा छलफल हुनेछन् । “मगर जातिको जनसंख्याको आधारमा नेतृत्वतहमा सहभागिता हुनुपर्ने हो, तर कम सहभागिता देखिएको छ, उहाँले भन्नुभयो । मगर भाषाहरु तीन किसिमका भएको विषयमा जानकारी दिनुभयो ।

पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन्, भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत अठार मगरात क्षेत्रका मगरले खाम–पाङ बोल्ने गर्छन् । डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । मगरहरु भाषा सँस्कृतिको सवालमा पछिल्लो समय लोप हुँदै गएको मगर अुवाको भनाई छ ।

कुनै पनि जातीको बाहुल्यता भएको ठाउँमा भाषालाई सरकारी कामकाजीको भाषा लागुगर्ने नीति छ । तर मगर समुदायको बाहुल्यता भएको ठाउँमा सरकारी कामकाजी भाषा बनाउने बिषयमा नीति नियमहरु बन्न नसकेको मगरले बताउनुभयो । “यय विषयमा प्रदेश सरकार र भाषा आयोगले गम्भीर रुपमा लिएको छैन्, उहाँले भन्नुभयो । राज्यले नीति नियम नबनाएर मारेको छ, राज्यले भाषा सम्बन्धि नीति नबनाएर मारेको छ, उहाँले भन्नुभयो ।

नेपाल मगर संघका सन्चार संयोजक खड्ग बहादुर बुढामगरको अध्यक्षताको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad