‘यसरी आइपुगें बृद्धाश्रम’
दाङ, २३ असोज ।
‘आफ्ना भए पर–पर
हरि तिम्रै भर ’
घोराही–१६ स्थित तेरौटे बृद्धआश्रममा आश्रित ८२ वर्षीय दुर्गाप्रसाद पाण्डेय एका बिहानै भगवानलाई जप्छन् । जीवनको अन्तरालमा जहा पुगे पनि अन्तमा आफ्नो भन्नु त आखिर भगवान् नै हुदा रहेछन् ।
संसार जति नै ठूलो भए पनि अब बृद्धाश्रम जस्तो ठूलो केही छ जस्तो लाग्दै न उनलाई । ‘दुख, सुख पीडा र थोरै बचेको जीवन सबै यहीं छ । आफ्नाहरुले पो..।’ बोल्दै गर्दा उनी रोकिए । आखाँ भरिको आसु हत्केलाले पुछ्दै शुरु गरे बृद्धाश्रमसम्मको आफ्नो जीवनकथा ।
२०२२ सालतिर पुख्र्याैली घर स्यूजाबाट आफ्नो उनी हापुर आइपुगे । साथमा थिए श्रीमती र दुई छोराछोरी । सन्तानलाई पढाए, लेखाए र हुर्काए । सम्पत्तिको नाममा हापुरको बाँसगजेरीमा नौ कट्ठा जमिन र नयाँ वस्तीमा १८ कट्ठा जमिन पनि जोडे । ‘जग्गा जमिन थियो । बैकले घर थियो,’ उनले भने ‘अपुग केही थिएन । पछि हुर्किएका दुई छोराछोरीको बिहेवारी गरिदिए ।’
जीवनभर उनले सम्पत्तिको कहिल्यै मोह गरेनन् । बरु परिवारभन्दा ठूलो केही छैन भनेर उनले आफ्नो नाममा भएको सबै सम्पत्ति छोरा, छोरी र श्रीमतीका नाम गरी तीन भाग लगाइदिए । आफ्नो नाममा चार कट्ठा मात्रै राखे । घरजग्गा सबै आफ्नो र सन्तानको नाममा भएपछि श्रीमती छोरा–बुहारी र छोरीलाई लिएर बर्दिया गइन् । सुखदुखसँग जीवनभरसँग विताउन बाच्ने बाचा गरेकी श्रीमतीले नै उनलाई छाडेर हिडन् । त्यसपछि उनी एक्लिए ।
उनलाई श्रीमतीले आफूसँगै लाने मन नै गरेनन् , त्यसैले पनि उनको मन मरेछ । ‘छोराले जाम त भनेको थियो । मैले मानिन बाबु’ उनले भने, ‘आफ्नो कर्मभूमि छाडेर पराइ भूमिमा जान मनले दिएन ।’
आमासँगै बर्दिया पुगेका उनको छोरा अकालमै विते । ‘दैव पनि कठोर हुदारहेछ, पछि छोरी पनि उतै भगवानको प्यारो भइछ’ उनले भने ‘सन्तान जिउदा भएका भए यसरी बृद्धाश्रममा बस्नु पर्ने थिएन कि ?’
तर छोरा र छोरीबाटका नातिहरु छन् । बेला बखत वृद्धाश्रममा भेट्न त आउछन् तर आफूसगै राख्न चाहदैनन् । ‘छोराछोरी बाचेका भए आफैसँगै लाने थिए की ?’ उनी गहिरो सोचमा दुब्छन् ।
घर सम्पत्ति सबै जायजाद बेची श्रीमतीले छाडेर गएपछि उनी एक्ला भए । सम्पत्तिका नाममा त्यही चार कट्ठा जग्गा राखेका थिए । एकदिन उनी आफै बिरामी भए । भएको त्यही घरजग्गा बेचेर उपचार गराए । ‘तीन महिना ओछ्यानमा थलिए । पछि उपचारबाट बचेको पैसाले जीवन गुजार गर्न बदम, सुन्तलाको सानो व्यापार गरे’ उनले भने , ‘त्यसैमा आधाउधी जीवन बित्यो ।’
एक्लो जीवन जे गरी खाए पनि हुने । उमेर हुँदासम्म पाखुरीमा बल पनि थियो । तर समय बित्दै गयो । छाला चाउरीन थाले । हातगोडा पहिले जस्तो उति चल्न छोडे । छोराछोरीको मृत्यु भएपछि बुहारी र नातिसगै बसेकी श्रीमती पनि भेट्न आइनन् । बुढेसकालले छुदै गएपछि हिड्डुल गर्न पनि अरुको सहारा चाहिने भयो ।
‘अनि सहारा खोज्दै हिड्न थाले ’ उनले भने , ‘कहिले कुन भाइको घर कहिले कसकोमा बस्न थाले ।’ उनका आफ्नै भाइहरु अहिले घोराही बजारका प्रतिष्ठित व्यक्ति छन् । ठूला–ठूला महलहरु छन् । ‘तर बुढेकाल लागेपछि त अपहेलना र हासोको पात्र बनिदोरहेछ’– उनले भने , ‘त्यसै ले म बूढो त्यहा अटाउन सकिन ।’
भएका आफन्तहरुले उनलाई हेरेनन् । बरु सहारा माग्दा सबैले बृद्धाश्रमको बाटो देखाइदिए ।
आफ्नै जीवनसाथी, बुहारी र नातिहरुबाट पराइ भएका उनी अरुबाट के सहारा पाउथे ?
‘बल छदै सबैले आइज खाइजा भने , उमरेले नेटो काटेपछि त सबै ले छिछि दूरदूर पो गर्न थाले ’ आफ्नाहरुदेखि उदेक लागेर आउछ उनलाई । चारैतिरबाट अपहेलित भएर बेसहारा भएका उनले अन्ततः बृद्धाश्रम जानुबाहेक अरु विकल्प भेटेनन् । ‘पाखुरा चलुञ्जेल कसैको साथ चाहिएन । उमेर ढल्किएपछि पो झल्यास्स भए । आफ्नो बुढेकालको बारेमा त सोचेकै रहेनछु’ उनले भने , ‘सबै भन्दा बढी त्यसदिन रोए ।’
एकदिन बृद्धाश्रममको खोजीमा हिड्दै घोराही आइपुगे उनी । त्यसैबेला एकजना भाञ्जी भेटिइन् । ‘आफ्नै घरमा एक महिना राखिन् र बृद्धाश्रमसम्म आइपुग्ने सबै चाजोपाजो मिलाइदिइन् । नया कपडा पनि किनिदिइन्’ उनले भने , ‘ती भाञ्जी त आफ्नै छोरीजस्तै पो लाग्यो । पछि तिनै भाञ्जीलाई आफूसगै भएको पै सा थमाइदिए । अनि बृद्धाश्रमको बाटो समाए ।’
घोराही उप–महानगरपालिका–१६ ते रौ टे स् िथत बृद्धाश्रममा अहिले १७ जना बृद्धबृद्धाहरु आश्रित छन् । दुर्गाप्रसादको जस्तै वृद्धाआश्रमम आइपुग्नुको सबैको कथा आ–आफ्नै छन् । अधिकांश वृद्धाहरुको पीडा भने समान छ, ‘निःसहाय र परिवारको हेलाहासो ।’
बृद्धाश्रममै भेटिएका आफूजस्तै दुःखी, विरहीहरु उनका अहिले साथीसगी बनेका छन् । र, तिनैलाई बृद्धाश्रमसम्म आइपुग्नुको आफ्नो लामो कथा सुनाउदै मृत्युको पर्खाइमा बसेका छन् ।