Ad Area

नेपाल विविधताको पाठशाला : अध्यक्ष तिमील्सीना


दाङ, २६ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल विविधताले भरिपूर्ण देश भएको बताएका छन् । नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशनको शुक्रवार घोराहीमा उद्घाटन गदै उनले भने, ‘भौगोलिक, जैविक, जातीय, भाषा, धर्म विविधता रहेको देश हो, धेरैले यहाँको कला र संस्कृति सिक्न सक्छन् ।’ उनले भाषा र संस्कृतिक अलग्याएर अगाडि बढ्न नसक्ने समेत बताए ।

‘नेपाल खुला विश्वविद्यालय हो’, उनले भने, ‘यहाँ आएर अध्ययन गर्नसक्ने थलो छ, एउटै समुदायमा फरक पहिचान छ, यसलाई अलग गराएर अगाडि बढाउन सकिँदैन ।’ भाषा र जातिको संरक्षण गर्ने संविधानले सुरक्षित गरेकाले यसको संरक्षण गर्ने सबै तहका सरकारको दायित्व भएको समेत उनले बताए । ‘राज्यका सबै संरचनाको नेतृृत्वमा मगर समुदायमा अगाडि बढ्नु पर्छ’, उनले भने, ‘त्यो भएमा मगर समुदायको कला, संस्कृति र पहिचानमा सहज हुन्छ ।’ उनले हरेक दलमा नेतृत्व गर्न मगर समुदायलाई सफल हुन सुझाव समेत दिए । आप्mनो क्षमता अभिवृद्धि गरेर अगाडि बढ्न आवश्यक छ । आरक्षणको कोटा सधैँ लागू हुँदैन’, उनले भने ।

नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले मगर समुदायले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलको बताइन् । ‘आन्दोनको अग्रमोर्चामा रहेर देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ’, उनले भनिन्, ‘संविधानले सबैको हकअधिकार समेटिएको भन्दै यसको कार्यान्वयनमा जानुपर्ने अवस्था आएको छ ।’ मगर समुदायको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता आवश्यक रहेको समेत उनले बताइन् ।

‘सहभागिता भएर मात्र हुँदैन अर्थपूर्ण सहभागिता आवश्यक छ’, उनले भनिन् । महाधिवेशनले रणनीति निर्माण गरेर अगाडि बढनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा मगर संघका पुर्व अध्यक्ष बमकुमारी रोका, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मगर संघका अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण ज्ञानेन्द्र पुन गरले गरेका थिए । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । नयाँ नेतृत्व चयनसँगै भावी कार्ययोजना पास गरेर महाधिवेशन चैत २७ गते सकिने छ । महाधिवेशनमा चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । कार्यक्रम पूर्व झाँकी सहित ¥याली समेत निकालिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad