Ad Area

चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक हुने


दाङ, २७ चैत । दाङ निवासी कलाकार तथा निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के’ सार्वजनिक हुने तयारीमा रहेको छ ।
दंगालीहरुकै लगानीमा निर्माण भएको चलचित्र जिल्लाकै विभिन्न पर्यटकिय स्थलमा छायांकन गरिएको हो ।

चलचित्र ‘झिल्के’को ट्रेलर चैत्र ३० सार्वजनिक गर्ने तयारी रहेको चलचित्रका निर्देशक थापाले बताए । लामो समयदेखि दाङमा रहेर चलचित्र निर्देशन तथा अभिनय गर्दै आएका थापा मोफसलका उदयमान युवा निर्देशक हुन ।

पारिवारीक विषयबस्तुलाई समेटेर निर्माण भएको चलचित्रमा ग्रमीण परिवेशको गरिवी, र अभाबग्रस्त युवाको जिवनकथालाई कलात्मक ढंगले उठान गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रमा अभाव र बाध्यताले आफ्ना इच्छा र चाहनालाई कुण्ठीत गर्दै विदेशिनु परेको युवाको कष्टप्रद जिवनलाई उजागर गर्ने प्रयत्न गरिएको बताइएको छ । चलचित्रमा बिदेशीएको युवाको सपना र उसको दबित रहेको आकांक्षालाई कारुणीक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।

थापाको लेखन÷निर्देशन रहेको चलचित्रमा सुदन थापा, पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आउनुभएकी लक्ष्मी थापा, बालकलाकारको भूमिकामा ११ बर्षीय मिरिद्धीया महरा,नवीन डाँगी, बाबुराम डाँगी, निता पुन, रोजन रोका, मनोज राना, रुचा मगर, अर्जुन हमाल, गोपाल नेपाली, विजय सुनार, गणेश सुनारलगायतको अभिनय रहेको छ । चलचित्रले जिल्लामा रहेका प्रतिभावान कलाकारहरुको कला प्रष्फुटन गर्दै मोफसलमा पनि कलकारिताको भविश्य छ भन्ने सन्देश दर्शाउन सहयोग पु¥याउने अपेक्षा निर्माण पक्षको रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad