Ad Area

मिर्गौला प्रत्यारोपणको लागि केसीले गरे ५ लाख सहयोग


दाङ,२७ चैत । घोराही उपमहानगरपालिका १५ बिपी चोक निवासी परास केसीले तुलसीपुर–९ दोघरे निवासी गंगाराम भण्डारीको छोरी समीक्षा भण्डारीको उपचारको लागि ५ लाख सहयोग गरेका छन् ।

विगत लामो समयदेखि उपचार गराउँदै आएको र हाल लखनऊ स्थित साहारा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि भर्ना भएकी भण्डारीको उपचारको लागि केसीले ५ लाख सहयोग गरेका हुन ।

केसीले विरामी भएको थाहा पाएपछि भण्डारीलाई सम्पर्क गरेर सो रकम सहयोग गरेको बताएका छन् । उनले विरामी भण्डारीका बाबुलाई चेक हस्तान्त्ररण गरेका थिए ।

Blog Post Ad Blog Post Ad