Ad Area

रोल्पाको थबाङमा निशुल्क स्वास्थ्य शिविर, १ सय २३ जना महिलाले लिए सेवा


रोल्पा,२८ चैत्र । रोल्पाको थबाङमा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखा र ग्लोबल आइ एमइ बैक थबाङ शाखाको सयुक्त आयोजना र थबाङ गाउँपालिकाको प्राविधिक सहयोगमा भएको एक दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा एक सय २३ जना महिलाहरुले सेवा लिएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङका सभापति तीर्थ सन्तोषीको अध्यक्षता तथा थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको प्रमुख आथ्यितामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकामगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर वली, डाक्टर रियुकिइ इसिदालगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आइएमई बैकको १५ औँ वार्षिक उत्सवको अवसरा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ कार्यक्रम अन्तर्गत उक्त शिविर संचालन गरिएको ग्लोबल आइएमई बैक थबाङ शाखा प्रबन्धक विष्णु राउतले बताए । विशेष गरि थबाङका महिलामा शिक्षाको कमी र भौगोलिक विकटताले गर्दा महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको र सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यतालाई हटाउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको शाखा प्रबन्धक राउतले बताए ।

नेपाल परिवार नियोजन संघले बिभिन्न संघसस्थाहरुको साथ र सहयोगबाट नेपालका बिभिन्न ठाउका सिमान्तकृत तथा सेवाबाट बन्चित महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ ग्लोबल बैकको सहयोगमा कार्यक्रम गरेको नेपाल परिवार नियोजन संघ घोराही दाङका शाखा प्रबन्धक बसन्त खनालले बताए ।

शिविरको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले कार्यक्रमको आयोजना गर्ने ग्लोबल आइएमई बैक तथा नेपाल परिवार नियोजन संघ दाङ घोराही शाखालाई शिविर संचालन गरेकोमा धन्यवाद दिए । जलजाल अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा संचालित शिविरबाट १२३ जना महिलाहरुले स्वास्थ्य चेकजाच गरेका छन ।

१२३ जना मध्य १ जना महिलाको बार्थलिङ सिस्टको माइनर सल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको फ्याम्ली फिजिसियन अमित लामगाडेले बताए । उनका अनुसार महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावरी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्या देखिएकाले उपचारसँगै स्वास्थ्य परामर्श दिइएको थियो । यस्ता प्रकारका रोगहरुबाट बच्नलाई सामान्य चरण चेकजाच गराउने र व्यक्तिगत सरसफाईमा ध्यान दिन समेत सुझाव दिएका थिए ।

नेपाल परिवार नियोजन संघ दाङ घोराहीका शाखा प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन थबाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुनले गरेका थिए । उक्त सिविरमा नेपाल परिवार नियोजन संघ दाङ घोराहीबाट आएका छ जना स्वास्थ्यकर्मी र जलजाल अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थ्यकर्मीहरुको समुहले सेवा दिएका थिए ।

ग्लोबल आई एम ई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष ७ वटै प्रदेशमा निशुल्क महिला स्वास्थ्य सिविर सञ्चालन गरिएको र सोही अन्तर्गत लुम्बिनी प्रदेशमा बैंकको राम्रो प्रभाव रहेको रोल्पा जिल्लाको विकट स्थान थबाङमा कार्यक्रम सञ्चालन गरिएको थबाङ शाखाले जनाएको छ ।