Ad Area

स्थानीय तहको चुुनाव : एमालेका ९० प्रतिशत उम्मेदवार सर्वसम्मत


इन्द्र डि.सी.
दाङ, २९ चैत । नेकपा एमाले दाङले जिल्लाका वडाहरुमा ९० प्रतिशत उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ । १० प्रतिशत वडामा भने दुई वा दुई भन्दा बढी अध्यक्षसहितको उम्मेदवार सिफारिस भएका छन् । पार्टीका महासचिव शंकर पोख्रेलले आइतवार भर्चुअल विधिबाट उद्घाटन गरेसँगै जिल्लाका वडाहरुमा उम्मेद्वार चयनको प्रक्रिया शुरु भएको थियो । आइतवार र सोमवार जिल्लाभरका वडाहरुमा उम्मेवार चयनको प्रक्रिया भएको थियो ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार जिल्लाका दश पालिकाका १ सय वडाहरुमा ९० प्रतिशत उम्मेदवार सर्वसम्मत छनोट भएका छन् । १० प्रतिशत वडामा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । ‘वडाहरुबाट उमेदवार सिफारिसको काम पूरा भएको छ’, पार्टी सचिव बुढाथोकीले भने– ‘दुईभन्दा बढी नाम सिफारिस भएर आएका नाममा अध्ययन र जाँचबुझ गरेर योग्य र चुनाव जित्ने व्यक्ति नै उम्मेदवार बन्नेछन् ।’ केही दिनअघि सम्पन्न एमाले दाङको बैठकले उम्मेदवारी सिफारिसको मापदण्ड निर्माण गरेको थियो । त्यो अनुसार उम्मेदवार सिफारिसको काम पूरा भएको एमाले दाङले जनाएको छ ।

जिल्लाका दुई जुम्ल्या उपमहानगर घोराही र तुलसीपुरका धेरै वडामा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । घोराहीको १ नं. वडामा राममणि पाण्डे अध्यक्षमा सर्वसम्मत सिफारिस भएका छन् । पाण्डे वर्तमान वडाध्यक्ष र एमाले दाङको उपाध्यक्षसमेत हुन् । त्यसैगरेर ३ मा रामप्रसाद चौधरी, ४ मा मुनाल घिमिरे, ५ मा विवेक बुढाथोकी, ६ मा विष्णुराम आचार्य, वडा नं. १० मा सुदन केसी, १३ मा केशव गिरी, १४ मा भानसिंह बुढा र १५ मा विष्णु सुवेदी सर्वसम्मत भएका छन् । त्यसैगरेर तुलसीपुर–१८ मा माधव वलीको नाम सर्वसम्मत सिफारिस भएको छ । वली वर्तमान वडाध्यक्ष र नेकपा एमाले तुलसीपुर नगर कमिटी अध्यक्ष समेत हुन् ।

त्यसैगरेर वडा न १७ मा लबरु चौधरी, १९ मा प्रेमनाथ योगी सर्वसम्मत सिफारिस भएका छन् । त्यसैगरेर वडा नं. १५ मा लक्ष्मण चौधरी सिफारिस भएका छन् । चौधरी वर्तमान वडाध्यक्ष हुन् । त्यसैगरेर वडा नं. १४ मा कृष्ण केसी, वडा नं. १० मा यमराज केसी र वडा न ४ मा धु्रव राना सर्वसम्मत सिफारिस भएका छन् । राना वर्तमान वडाध्यक्ष हुन् । त्यसैगरेर शान्तिनगर गाउँपालिकाका ७ वडामध्ये ६ वडामा सर्वसम्मत सिफारिस भएका छन् ।

वडा नं. १ मा थमन कनौ, २ मा पूर्णबहादुर वली, ३ मा दीपक चन्द, ४ मा एकराज डाँगी, ५ मा विवेक कवर र ६ मा शेरबहादुर भण्डारीको नाम सर्वसम्मत भएको छ । त्यसैगरेर बबई गाउँपालिकाको ७ वडामध्ये ३ वडामा सर्वसमत उम्मेदवारको नाम छनोट भएको छ । बबईको वडा नं. ७ मा जक्तबहादुर बस्नेत सिफारिस भएका छन् । बस्नेत जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । त्यसैगरेर वडा नं. ६ मा रामबहादुर डाँगी सर्वसम्मत भएका छन् ।

डाँगी वर्तमान वडाध्यक्ष हुन् । वडा नं. २ मा मानबहादुर आले सर्वसम्मत सिफारिस भएका छन् । बबई पालिकाको बाँकी वडामा दुईभन्दा बढीको नाम सिफारिस भएको छ । त्यसैगरेर दंगीशरण गाउँपालिकाको वडा नं. ५ मा निरज बस्नेत र ७ मा रेशम वलीको नाम सिफारिस भएको छ । त्यसैगरेर लमही नगरपालिकाका ९ वडामध्ये ५ वडामा सर्वसम्मत नाम सिफारिस भएका छन् । वडा नं. १ मा नुमराज पौडेलको नाम सिफारिस भएको छ ।

Blog Post Ad

पौडेल वर्तमान वडाध्यक्ष हुन् । त्यसैगरेर वडा नं. २ मा अतिराम चौधरी, वडा नं. ७ मा ओमराज गिरी, वडा नं. ८ मा जनक बुढा र वडा नं. ९ मा खिमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस भएको छ । त्यसैगरेर राप्ती गाउँपालिकाका गाउँ कमिटी सचिव भरतमणि न्यौपानेका अनुसार राप्तीको वडा नं. १, ६, ७ र ८ मा सर्वसम्मत वडाको उम्मेदवार सिफारिस भएको छ । उनका अनुसार वडा नं. १ को वडाध्यक्षमा गेमबहादुर खड्का, ६ मा हरिचन्द्र चौधरी, ७ नं. मा सीताराम चौधरी र ८ नम्बर वडामा चन्द्रबहादुर गुरूङ्गको नाम सर्वसम्मत सिफारिस भएको छ ।

त्यसैगरेर जिल्लाका पहाडी गाउँपालिकाका ८ वडामध्ये ६ वडामा पनि सर्वसम्मत नाम सिफारिस भएका छन् । एमाले बंगलाचुली गाउँपालिकाका अध्यक्ष पुष्प भण्डारीका अनुसार वडा नं. २ मा झगलाल घर्ती, ३ मा दिलबहादुर डाँगी, ४ मा रेवन्त घर्तीमगर, ५ मा दलबहादुर खत्रीको नाम वडाध्यक्षमा सर्वसम्मत सिफारिस भएको छ । त्यसैगरेर वडा नं. ६ मा वेदुलाल जिसीको नाम वडाध्यक्षको लागि सिफारिस भएको छ । जिसी वर्तमान वडाध्यक्ष समेत हुन् । त्यसैगरेर वडा नं. ८ मा देबीराम चर्चीमगरको नाम सर्वसम्मत भएको छ ।

गढगा गाउँपालिकाका ८ वडामध्ये ६ वडामा सर्वसम्मत नाम सिफारिस भएको नेकपा एमाले गढवा गाउँपालिका अध्यक्ष बाबुराम अधिकारीले बताए । उनका अनुसार वडा नं. १ मा बाबुराम अधिकारीको नाम सर्वसम्मत भएको छ । अधिकारी वर्तमान वडाध्यक्ष र एमाले गढवा गाउँपालिका अध्यक्ष हुन् । त्यसैगरेर वडा नं. २ मा भानु यादव, वडा नं. ४ मा कलम खड्का, ५ मा सीता थापा, ६ मा खिमबहादुर बुढामगर र वडा नं. ८ मा खालिस सिद्धिकीको नाम सर्वसम्मत सिफारिस भएको अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरेर राजपुर गाउँपालिकाका वडाहरुमा पनि सर्वसम्मत नाम छनोट भएको एमाले राजपुर गाउँ कमिटी अध्यक्ष हेमकुमार जिसीले बताए । राजपुर गाउँपालिकामा ७ वटा वडाहरु छन् ।

Blog Post Ad Blog Post Ad