Ad Area

लेखक संघ दाङद्वारा कवि गोष्ठीसँगै शुभकामना आदानप्रदान


घाेराही, २ बैशाख । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा लेखक संघ दाङले शुभकामना आदानप्रदान एंव कवि गोष्ठी घोराहीमा सम्पन्न गरेको छ । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एंव पद्मोदय नमुना उच्च माविका पूर्व प्राचार्य गोविन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न कार्यक्रममा समसामयिक बिषयका करिव एक दर्जन बढि कविताहरु वाचन गरिएका थिए ।
कार्यक्रममा लेखक संघ दाङका संस्थापक अध्यक्ष शंकर पौडेल, डा.कृण्णराज डिसी, डा. लोकराज पराजुली, संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक किशोरचन्द्र गौतम, साहित्यकार देवेन्द्र रिजाल, सन्ध्या रेग्मी, सरिता देवकोटा, कमला रिजाल, बिना रोका, नगेन्द्र गुरु, गोपाल भुसाल, निमानन्द रिजाल, श्रवण कुमार नेपाली, नारदप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य एवं रचना वाचन गरेका थिए ।
लेखक संघ दाङका कोषाध्यक्ष सन्ध्या रेग्मीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण लेखक संघ दाङका सचिव सरीता देवकोटाले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad