Ad Area

‘उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार हुन आवश्यक’


दाङ,२४ असोज । उपभोक्ताहरु सचेतसँगै उद्योगी र व्यवसायीहरुले लारवाही नगरे नागरिकले गुणस्तरीय खाद्यबस्तुको उपभोग गर्न पाउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक दाङको आयोजना तथा मानव अधिकार समूह घोराहीको सहकार्यमा आइतवार विहान आयोजना गरिएको खाद्य अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले खाद्य अधिकारलाई सुरक्षित गर्न उद्योगी तथा व्यवसायी जिम्मेवार र उपभोक्ता सचेत हुन आवश्यक रहेको बताएका हुन् । उनीहरुले त्यसका लागि सरोकारवाला निकायले नियमित रुपमा चासो र निगरानी गर्न आवश्यक रहेको बताए ।

मानव अधिकार समूह घोराहीका अध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा मानवअधिकार सञ्जाल एव उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ताहरु सचेत नहुने र व्यवसायीहरुको लापरवाहीका कारण नागरिकहरु ठगित गरेको भन्दै त्यसलागि रोक्का लागि सरोकारवाला निकायहरुले क्रियाशिलता बढाउनुपर्ने बताएका हुन ।

त्यसका लागि उपभोक्ताहरुलाई खाद्य अधिकार सम्वन्धी जानकारीसँगै लापरवार्ही गर्ने व्यवसायी तथा उद्योगहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सामन्य लापरवाहीका कारण उपभोक्ताहरु ठगिने क्रम रहेको भन्दै त्यसबाट जोगिनका लागि स्वम उपभोक्ता सचेत हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खाद्य अधिकारका बारेमा उपभोक्ताहरुलाई पनि सचेत र जिम्मेवार बनाउन आवश्यक भएको बताए ।

बजार अनुगमनलाई व्यवस्थित बनाउदै अखाद्य बस्तु नष्ट गर्ने मात्रै नभएर कार्वाहीको प्रक्रियालाई प्रभावकारी बनाउन आवस्यक रहेको बताए । चाड पर्व नजिकिएसँगै बजारमा उपभोग्यबस्तुको मुल्यवृद्धिसँगै बिलिङ नै नगरेका बस्तुहरु विक्रिका लागि राखिएको भन्दै त्यसलाई रोक्न अनुगमनलाई बढाउनुपर्ने बताए ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले उपभोक्तालाई ठगिनबाट बचाउनका लागि उपमहानगरपालिकाले अनुगमनसँगै अखाद्यबस्तुलाई नष्ट गर्ने गरेको बताए । तर जिम्मेवार निकाय स्वयम सचेत नहुदा उपभोक्ता ठगिने क्रम नरोकिएको बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad