Ad Area

जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने


दाङ, २९ बैशाख । निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो ।

शुक्रबार हुने चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । यस्तै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान नपाइने उल्लेख छ। आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

Blog Post Ad Blog Post Ad