Ad Area

ज्योतिपुञ्जका शिक्षकका लागि तिन दिने क्षमता अभिवृद्धी तालिम


दाङ, २९ बैशाख । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुलमा अध्यापनरत शिक्षकहरुका लागी आयोजित तिन दिने क्षमता अभिवृद्धी सम्बन्धि तालिम बिहीबार सम्पन्न भएको छ ।

एक औपचारिक कार्यक्रम गरि तालिमको समापन गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माले तालिममा सिकेका कुरा शिक्षणका क्रममा कक्षा कोठामा लागू गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभएको थियो ।

तालिममा शैक्षिक वर्ष २०७९ का लागी आवश्यक वार्षिक,मासिक र दैनिक कार्ययोजना तर्जुमा,वर्षभरीमा अभिभावकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयनको विधि,शिक्षकहरुको पेशागत विकास,प्रभावकारी कक्षा व्यवस्थापन,अभिभावक शिक्षा तथा सहभागीता,विद्यार्थीहरुमा जीवनोपयोगी सीपहरुको अध्यापन,डिजिटल लर्निङ लगाएतका विषयहरुमा तालिम दिइएको संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । तालिमको प्रशिक्षकहरुमा मोटिभेटर देशराज दाहाल,टिआर डाँगी,बिआर अधिकारी लगाएतका हुनुहुन्थ्यो ।

विगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङ र विगत तिन वर्षदेखी नयाँ व्यवस्थापनका साथ संचालनमा आएको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुल रामपुर दाङले पठनपाठनका लागि मल्टिमिडियाको प्रयोग,मासिक परीक्षा संचालन,नियमित योग,संस्कार,मेडिटेसन कार्यव्रmम संचालन,मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन,पिएचआर कार्यक्रमको संचालन,सबै कक्षाहरुको पठन पाठनलाई सिसि टिभीबाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा मात्र कक्षाकोठामा विद्यार्थीहरु राखिने,आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यक्रमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल बुद्धीराज अधिकारीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad