Ad Area

दाङको राजपुरमा सबैभन्दा धेरै मत खस्दा बंगलाचुलीमा कम मत खस्यो


घोराही, ३१ बैशाख ।दाङमा रहेका १० वटै पालिकामध्ये राजपुर गाउँपालिकामा सबै भन्दा धेरै मत खसेको छ । राजपुरमा सबैभन्दा कम मतदाता रहेकोमा पालिकाहरुमध्ये सबैभन्दा धेरै मतदाताले निर्वाचनमा भाग लिएका छन् । राजपुरमा ७४ दशमलव ६७ प्रतिशत मत खसेको छ ।

त्यहाँ १५ हजार ७ सय २३ जना मतदाता रहेकामा ११ हजार ७ सय ४१ जनाले मतदान गरेका छन् । त्यहाँ ८ वटा मतदान स्थलमार्फत १८ वटा मतदान केन्द्रबाट मतदान भएको हो ।

दाङको घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेकोमा ६७ दशमलव ७६ प्रतिशतले मात्रै निर्वाचनमा भाग लिएका छन् । घोराहीमा रहेका १ लाख १२ हजार ९ सय २७ मतदातामध्ये ७६ हजार ५ सय २१ जनाले मतदान गरेका छन् ।

घोराहीमा ४० वटा मतदान स्थलमार्फत १ सय २६ मतदान केन्द्रबाट मतदान भएको छ । तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७ हजार ६ सय ७७ जना मतदाता रहेकोमा ६८ दशमलव ९६ प्रतिशत मत खसेको छ । सो पालिकाको १७ नम्बर वडामा बाहेक बाँकी वडामा मतदान हुँदा ६९ हजार ९ सय ६७ जनाले मतदान गरेका छन् । सो पालिकामा ३३ वटा मतदान स्थलमार्फत १ सय १९ मतदान केन्द्रबाट मतदान भएको छ ।

लमही नगरपालिकामा पनि ७४ दशमलव ५८ प्रतिशत मत खसेको छ । पालिकामा कुल ३४ हजार ३ सय ८२ मतदाता रहेकोमा २५ हजार ६ सय ४१ जनाले मतदान गरेका छन् । १३ वटा मतदान स्थलमार्फत ४० वटा मतदान केन्द्रबाट मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

जिल्लाको राप्ती गाउँपालिकामा ७२ दशमलव ७६ प्रतिशत मत खसेको छ । ३२ हजार ३ सय २३ मतदाता रहेकोमा २३ हजार ५ सय १८ जनाले मतदान गरेका छन् । त्यहाँ १० वटा मतदान स्थलमार्फत ३५ मतदान केन्द्रबाट मतदान भएको हो ।

Blog Post Ad

गढवा गाउँपालिकामा ७२ दशमलव ७० प्रतिशत मत खसेको छ । १० वटा मतदान स्थलमार्फत ३३ वटा मतदान केन्द्रबाट २१ हजार ६ सय ६५ जनाले मतदान गरेका छन् । त्यहाँ २९ हजार ८ सय २ जना मतदाता रहेका छन् ।
दंगीशरण गाउँपालिकामा पनि ७२ दशमलव २८ प्रतिशत मत खसेको छ । ८ वटा मतदान स्थलमार्फत २१ वटा मतदान केन्द्रबाट १८ हजार १ सय ६ जना मतदाता रहेकामा १३ हजार ८७ जनाले मतदान गरेका छन् ।

बंगलाचुली गाउँपालिकामा जिल्लाभरका पालिकामध्ये सबै भन्दा कम मत खसेको छ । त्यहाँ जम्मा ६७ दशमलव २८ प्रतिशत मत खसेको छ । त्यहाँ १५ हजार ९ सय ५३ मतदाता रहेकोमा ११ वटा मतदान स्थलमार्फत १८ वटा मतदान केन्द्रबाट १० हजार ७ सय ३३ जनाले मतदान गरेका छन् ।

बबई गाउँपालिकामा ६९ दशमलव ६५ प्रतिशत मत खसेको छ । २२ हजार १ सय ४४ मतदातामध्ये १५ हजार ४ सय २५ जनाले मतदान गरेका छन् । त्यहाँ ११ मतदान स्थलमार्फत २६ मतदान केन्द्रबाट मतदान भएको हो ।

उता, शान्तिनगर गाउँपालिकामा ७० दशमलव १६ प्रतिशत मत खसेको छ । पालिकामा २० हजार ८ सय ६३ मतदाता रहेकोमा १४ हजार ८ सय १ जनाले मतदान गरेका छन् । त्यहाँ ९ वटा मतदानस्थलमार्फत २५ मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । जिल्लाको ९ वटै पालिकामा अहिले मतगणनाको काम शुरु भएको उहाँले बताउनुभयो । तुलसीपुरमा जेठ ३ गते वडा नम्बर १७ को निर्वाचन लगत्तै मतगणना शुरु हुने भएको छ ।

Blog Post Ad Blog Post Ad