Ad Area

स्थानीय तह निर्वाचन : दाङका १०० वडा मध्य २४ वडाको नतिजा


दाङ, १ जेठ । स्थानीय तहको निर्वाचनमा दाङका १०० वडामध्य २४ वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस र नेकपा माओवादीले ८÷८ वडाहरु जितेका छन् । त्यसैगरी नेकपा एमालेले ७ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतपरिणाम आउने क्रम जारी रहेको छ । वडा अध्यक्षमा मुख्य तीन दलहरुको प्रतिष्पर्धा रहेको छ ।

नेपाली कांग्रेसले जितेका वडाहरु

१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली

नेकपा माओवादी केन्द्रले जितेका

१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराम विश्वकर्मा
७ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
८ बंगलाचुली गाउँपालिका–८ अध्क्ष झविन्द्र गाहामगर

नेकपा एमालेले जितेका वडाहरु

Blog Post Ad

१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी

स्वतन्त्र

१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

Blog Post Ad Blog Post Ad