Ad Area

घोराही–१८ एमालेका भरत अर्याल बिजयी


दाङ,२ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार भरतमणी अर्याल १६५७ मत ल्याएर बिजयी हुनु भएको छ ।

उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेदवार काङ्ग्रेसका मधुसूदन अधिकारिलाई १०० मतले पछि पार्दै अध्यक्षमा बिजयी हुनुभएको हो । अधिकारीको मत १५५७ रहेको छ ।

वडा सदस्यमा एमालेका महिला सदस्य लैया चौधरीले १६१२, दलित महिला सदस्य दिपा नेपालीले १६१७, गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका किरण पोख्रेलले १८२५ र माओवादी केन्द्रका टिकाराम थापाले १५५० मत ल्याएर बिजयी हुनुभएको छ ।

एमालेबाट निर्बाचित अध्यक्ष र दुर्इजना महिला सदस्य यस अघि २०७४ सालमा पनि निर्बाचित जनप्रतिनिधि हो । वडा नम्बर १८ मा कुल मतदाता ६८६० रहेकोमा ४३२३ मत खसेको थियो ।

Blog Post Ad Blog Post Ad