Ad Area

स्थानीय निर्वाचनमा गठबन्धन बलियो भयो : महासचिव पोख्रेल


दाङ, ६ जेठ। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बैशाख ३० को स्थानीय तहको निर्वाचनमा गठबन्धनको राजनीतिलाई समाप्त पार्न असफल भएको बताएका छन् ।

घोराहीमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा नेत्रलाल स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले स्थानीय तहको निर्वाचनबाट गठबन्धनलाई हराउँदै एमालले सोचे अनुसार जीत निकाल्न सफल हुन नसकेको स्वीकारेका हुन् । ‘गठबन्धनको राजनीतिलाई समाप्त पार्न हामीले जुन आवाज जनतामाझ लिएर गयौं, त्यसमा सफल हुन सकेनौं’ उनले भने, ‘किनभने निर्वाचनमा गठबन्धन हामीभन्दा बिलयो भएर आएको छ ।’

उनले स्थानीय तह निर्वाचनमा एमालेले ५० प्रतिशत स्थानमा जीत निकाल्ने योजना बनाएर अघि बढेको बेला त्यसमा सफल नभएको बताए । पोख्रेलले एमाले निर्वाचनबाट पहिलो दल हुन नसकेपनि गठबन्धनमा सामेल दलभन्दा धेरै जनमत पाएको उल्लेख गरे । ‘एमाले चुनावमा एक्लै लड्दा पनि गठबन्धनले भन्दा धेरै जनमत प्राप्त गरेका छ’ उनले भने, ‘आज पाएको जनमतलाई ठूलो उपलब्धी ठानेर आगामी निर्वाचन पहिलो दल बन्छौंं ।’

एमालेका महासचिव पोख्रेलले स्थानीय तहको निर्वाचनबाट कांग्रेसले आफू पहिलो दल भएको कुरा सान्दर्भीक नभएको टिप्पणी गरे । उनले कांग्रेस एक्लै नलडेर गठबन्धनको जगमा टेकेरमात्र धेरै ठाउँमा जितेको बताए ।

‘यो चुनावबाट कांग्रेसले जसरी आफूलाई पहिलो दलको रुपमा प्रस्तुत गरेको छ, त्यो कांग्रेस एक्लैको सफलता नभएर गठबन्धनको सफलता हो । त्यसलाई हामीले स्वीकारेका छौं’ उनले भने, ‘तर एक्लै जनमत ल्याएँ भन्नु कांग्रेसका लागि सुहाउने कुरा होइन ।’

Blog Post Ad Blog Post Ad

Blog Post Ad