Ad Area

त्रिभुवननगर जेसीजद्वारा दशै शुभकामना आदानप्रदान


दाङ, २६ असोज । त्रिभुवननगर जेसीज घोराहीले मगलबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले दशैलाई सस्कृती सरक्षणसंगै देखासिकीको पर्वका रुपमा नमनाउन सवैसँग आग्रह गरेका थिए । एक–आपसमा बन्धुत्वको भावना विकसित गर्दै दशैंलाई मेलमिलाप, खुशीयाली साट्ने र आफुभन्दा ठुलासँग आशिर्वाद लिने पर्वका रुपमा मनाउन समेत आग्रह गरेका थिए

कार्यक्रममा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ महिला जेसीजकी कार्यवाहक अध्यक्ष जुनुकुमारी बुढा, पुर्व अध्यक्ष ठाकुरप्रसाद भट्टराईलगायतले बिजया दशमी, दिपावली पर्वको शुभकामना मन्तव्य व्यक्त गर्दै युवाहरुको नेतृत्व बिकाससंगै सामाजिक कार्यमा निरन्तरता दिन जेसिजलाई आग्रह गरेका थिए ।

कार्यक्रम संयोजक कृष्णदेव थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई शाखा सम्पादक योगेश पन्तले आश्था पाठ गराएका थिए । त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव टंक रावत ९अनन्त०ले गरेका थिए ।

Blog Post Ad Blog Post Ad