Ad Area

३० दिन भित्र खर्च बिबरण पेश गर्न आग्रह


तुलसीपुर, १० जेठ । प्रदेश निर्वाचन कार्यालय दाङले स्थानीयतह निर्वाचन २०७९ मा सहभागि भएका उम्मेदवारहरुलाई खर्च विबरण बुझाउन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले सूचना जारी गर्दे निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सबै उम्मेदवारहरुलाई निर्वाचनमा भएको खर्च विबरण बुझाउन आग्रह गरेका हुन् ।

स्थानीयतह निर्वाचन निर्देशिका, २०७८ को दफा १८० को उप दफा (७) र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० बमोजिम निर्वाचनको बेला उम्मेदवारले गरेको खर्च विबरण ३० दिन भित्र कार्यालयमा पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

कार्यालयले तोकेको समय सिमा भित्र खर्च बिबरण नबुझाए कानुन वमोजिम हुने समेत सूचनामा भनिएको छ । नगरपालिकामा प्रमुख उपप्रमुखले ४० लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरका वडा अध्यक्षका उम्मेदवारले २ लाख, गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारले एक लाख ५० हजार र नगर तथा गाउँपालिका सदस्यका उम्मेदवारहरुले २५ हजार रुपैयाँ खर्च गर्न पाउने कानुनमा उल्लेख छ ।

गएको बैशाख ३० गते भएको २ हजार २ सय ७ जना उम्मेदवारहरु चुनावी प्रतिस्र्धामा उत्रिएका थिए । उनिहरु सबैले अबको ३० दिन भित्र चुनावका बेला गरेका खर्च बिबरणहरु निर्वाचन कार्यालय घोराहीमा आएर बुझाउनु पर्ने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad