Ad Area

तुलसीपुरमा एमालेका मेयर र उपमेयरका उम्मेदवार जित नजिक


तुलसीपुर, १० जेठ । नेकपा एमालेले तुलसीपुरमा मेयर उपमेयरको जित निश्चित हुने भएपछि बुधबार  १ बजे खुशीयालीमा बृहत् खुशीयाली सभा गर्ने भएको छ । खुशीयाली सभालाई एमाले महासचिव शंकर पोख्रेलले सम्बोधन गर्नेछन ।

एमाले दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिका नगर कमिटीको संयोजनमा हुन लागि रहेको सभामा बिजयी उमेदवारहरु, नेता, कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछन । एमालेले तुलसीपुरमा अहिलेसम्म २,३,६,८,१०,११,१३,१५ विजयी भैसकेको र मेयर, उपमेयर,समेत जित्ने निश्चित भैसकेको छ। ६६३६२ मतगणना हुदा मेयर टिकाराम खड्का २७७२४ लिएर २५६६ मतले अग्रता लिएका छन भने उपमेयर स्यानी चौधरीले २७२६४ मतगणना हुदा ८४३९ मतको अग्रता रहेको छ।

गठबंधन बाट मेयरका उम्मेदवार गेहेन्द्र गिरिले २५१५८ मत लिएका छ्न भने उपमेयरका उम्मेदवार जोग बहादुर राणाले १८८२५ मत लिएका छन । अब ७९७४ मत गणना गर्न बाकी रहेको छ अहिले १७,१८,१९ नम्बर वडाको मतगणना भैरहेको छ सबैमा एमालेको अग्रता रहेको छ। तुलसीपुरका १९ नम्बर वडा सम्म ७४३३६ मत रहेको छ।

यसैबीच तुलसीपुरको पार्टी कार्यालयबाट सुरु हुने बिजय र्यालीमा सहभागिता जनाउनका लागि नेकपा एमाले तुलसीपुरका नगर प्रचार विभाग प्रमुख हेमराज डागीले सबैमा अनुरोध गरेका छन । डागीका अनुसार दिउँसो १ बजे देखि र्याली सुरु हुनेछ । बजार परिक्रमा गरी उक्त र्याली सभामा परिणत हुनेछ ।

तुलसीपुर नगरले विज्ञप्ति जारी गरी बिजय सभामा सहभागि हुन वडा कमिटी अनि जनबर्गीय संगठन तथा आम जनसमुदायमा अनुरोध गरेका छन । भोलि हुने कार्यक्रममा महासचिव पोख्रेलले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको दाङका जिल्ला सचीव मनोहर बुढाथोकीले जानकारी दिएका छन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad