Ad Area

सिकार खेल्न गएको समयमा गोली लागेर एकजनाको मृत्यु


घोराही,१४ जेठ । दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–८ अन्तरगर्त पर्ने रानीखुट्टी जंगल क्षेत्रमा सिकार खेल्न गएको समयमा गोली लाग्दा लमही नगरपालिका–१ बसन्तापुर निवासी २३ बर्षीय कालुराम घर्तीको शुक्रवार राती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जंगलमा रातको समयमा सिकार खेल्न गएको समयमा शुक्रवार घर्तीको आफैले बोकेको बरुवा बन्दुक पट्किदा गोली लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसा घाटीमा गोली लागेर घाइते भएका घर्तीको घट्नास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लमही–१ बसन्तापुर निवासी २८ का निमबहादुर घर्तीमगर, सोठी ठाउँ निवासी ४० बर्षीय जीवलाल घर्तीमगर, २४ बर्षीय दिलबहादुर घर्तीमगर, १७ बर्षीय आकाश घर्तीमगर, १३ बर्षीय विशाल घर्तीमगर, ५५ बर्षीय ओमबहादुर घर्तीमगर, ३८ बर्षीय खगेन्द्र घर्तीमगर र ४० बर्षीय बुद्धिमान घर्ती मगरलाई पक्राउ गरेर अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

उनीहरु चार नाल भरुवा बन्दुकसहित सिकार खेल्न जंगल गएका थिए । पक्राउ पर्नेमा दुई जना नावालक रहेका छन् ।

Blog Post Ad Blog Post Ad