Ad Area

लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे तारा एअरकाे जहाज


दाङ, १५ जेठ। पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।
म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।

तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार सम्पर्क विहीन भएको तारा जहाज लेथेमा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुमध्ये १३ नेपाली, ४ भारतीय र २ जना जर्मनी नागरिक, चालक दलमा ३ सदस्य, पाइलट प्रभाकर घिमिरे सहित 22 जना थिए ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको थियाे।

‘विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’

Blog Post Ad Blog Post Ad