Ad Area

वर्षाले व्यवसायमा पु¥याएको क्षतिको संकलन गरिने


दाङ, १५ जेठ । शनिवार दिउसो भएको भारी वर्षाको कारण घोराही बजारमा डुवान हुदा उद्योग तथा व्यवसायी पुगेको क्षतिको सङकलन गर्ने भएको छ । संघको आइतवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वर्षाले उद्योग तथा व्यवसायीहरुको व्यवसायमा पुगेको क्षतिको विवरण सङकलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथाकीले जानकारी दिए । उद्योगी तथा व्यवसायीहरुको वर्षाले पु¥याएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको अध्यक्ष वुढाथोकीले बताए ।

क्षतिको विवरण सङकलनका लागि संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजत्वमा सदस्यहरु विकास वली, जगतप्रसाद आचार्य, जुद्धवहादुर घर्ति र लिलाराम खड्का सदस्य रहेको समिती गठन गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

क्षतिको विवरण सङकलन गरेर थप प्रक्रिया अगाडि वढाइने भएको छ । बैठकले दिर्घकालिन ढल निकासका लागि जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका कार्यालय, र घोराही उप महानगर पालिका वडा नं १४ र १५ का वडा कार्यालयहरु संग समन्वय गरेर समस्या समाधानको लागि यथासिघ्र पहल गर्ने निर्णय गरेको छ ।

बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको हो । शनिवार दिउसो घोराही वजार क्षेत्रमा भएको भारी वर्षाको कारण नालाको निकास हुदा घर तथा व्यवसायमा बस्दा धेरैको क्षति भएको छ । सडक भरी पानी जम्मा हुदा आवागमन समेत रोकिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad