Ad Area

बजेट भाषण : टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने


दाङ, १५ जेठ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९÷०८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने बताएका हुन ।

अर्थमन्त्री शर्माले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरेर सेवा प्रदायक र नियमक निकायको छुट्टा छुटै स्थापन गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि र पहुँचमा विस्तार गर्न दाङको टरिगाउँ एयरपोर्टलगाएतको स्तरवृद्धि गरिने बताएका हुन ।

साथै उनले टरिगाउँ एयरपोर्ट, डढेलधुरा, बागलुङको बलेवा, टिकापुर, चौरजहारी विमान स्थल लगाएतको स्तरवृद्धि तथा उदयपुर विमान स्थलको निर्माण कार्य सुरु गर्न संयुक्त रुपमा १२ अर्व २४ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन ।

Blog Post Ad Blog Post Ad