Ad Area

बबई गाउँपालिका उपाध्यक्षसहित ६ जनालाई कारबाहीको माग गर्दै सिफारिस


बबई,१७ जेठ । दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचानमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्कासहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्लामा सिफारिस गरेको छ ।

गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्कासहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।

कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष अन्य दुई जनाले रुखमा भोट नहाली सुर्य चिन्हमा भोट हालेको र अन्यले सुर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको मागसहित नेपाली कांग्रेस बबईमा निवदेन पेश गरेकाले सोको प्रतिलिपिसहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित बबई गाउँपालिका उपाध्यक्ष खड्का, वडा नं. ३ का दलित महिला सदस्य मिकुमारी विक, योजनाकार वडा नं.५ का क्षेत्रीय प्रतिनिधि प्रशाराम भुषाल, योजना कार्यान्वयन गर्नेहरु वडा नंं. ६ क्रियासिल सदस्य सेवेन्द्र देवकोटा, वडा नं. ४ का क्रियासिल सदस्य नरबहादुर परियार, क्षेत्रीय नं. ३ का क्षेत्रीय प्रतिनिधि उर्मिला बस्याललाई पार्टीको साधार सदस्य नरहने गरी कार्बाही गर्न माग गर्दै कार्यपालिका उम्मेदवारले नेपाली कांग्रेस बबईमा निवेदन पेश गरेका थिए ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्य २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो । जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्कासहित अन्यले सुर्य चिन्हमा भोट हालेर हार व्यहोर्नु परेको नेपाली कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad