Ad Area

दाङमा बढ्दै व्यवसायीक टिमुर खेती


दाङ,२७ असोज । दाङमा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यवसायीक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको पहाडीमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

जंगली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानहरुले पछिल्लो समय टिमुरको व्यवसायीक खेतीतर्फ लागेका हुन । टिमुर खेतीसँगै उत्पादन समेत बढ्दै गएको छ ।

डिभिजन वन कार्यालय दाङका अनुसार गतबर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । जसमा एक लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७६–०७७ मा टिमुर ९६ हजार सात सय ४५ केजी निर्यात भएको थियो । उक्त तुलनामा गतबर्ष जिल्लामा करिव करिव दोव्वर ८० हजार केजी टिमुर बृद्धी भएको कार्यालयले जनाएको छ । विगतको तुलनामा जिल्लामा टिमुरको उत्पादन बढेसँगै निर्यात समेत बढ्दै गएकोे छ ।

टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावना युक्त क्षेत्र भएको भन्दै डिभिवन वन कार्यालय दाङले बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्वर वडालाई गतबर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ । पकेट क्षेत्रमा टिमुरसँगै मालागेडी र दालचिनीका एक लाख ८४ हजार विरुवा दुई बर्षको अवधिमा रोपिएकोे छ । जसमा करिव एक लाख बढी विरुवा टिमुरका मात्रै रहेका छन् ।

कार्यालयका अनुसार टिमुरसँगै अन्य जडीबुटीहरुको समेत जिल्लाबाट निर्यात बढेको छ । जस मालगेडी ६० हजार केजी,रिठा ३५ हजार पाँच सय ८० केजी, अमला ११ हजार दुई सय केजी,काउलोको बोक्रा ५२ हजार एक सय ५० केजी, तेजपात ६७ हजार तीन सय केजी,लहरे गुर्जाे एक हजार तीन सय केजी,टिगडी ५ हजार चार सय ५० केजी जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।

Blog Post Ad

त्यसैगरी अल्लोको बोक्रा दुई सय केजी,पाखनबेद ९ हजार केजी,सुगन्धवा पाँच सय केजी, गत्रो सात हजार १५ केजी,बर्रो ५ हजार केजी, हर्राे ४ हजार केजी,धाइराको पूmल एक हजार पाँच सय केजी, भृगराज एक हजार पाँच सय, दुधे लहरो एक हजार पाँच सय,ब्राह्मी एक हजार पाच सय, बेलचना तीन हजार केजी र चत्रोको बोक्रा पाँच हजार केजी निर्यात हुँदा सात लाख १७ हजार दुई सय ५० रुपैया राजश्व संकलन भएको छ ।

वन कार्यालयले राष्ट्रिय वनबाट संकलित जडिबुटीहरुको निर्यातमा राजश्व लिने गरेको छ भने निजी वनबाट संकलित जडिबुटीमा राजश्व नलिने गरेको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् । दाङमा ८९ हजार चार सय १७ हेक्टर वन मध्य एक सय ६० हेक्टर वन क्षेत्रमा जडीवुटी खेती हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad