Ad Area

साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा


काठमाडौं २७, असोज । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

नेपाल माल्दिभ्समा जारी साफ फुटबलमा नेपालले राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन । मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो । खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए। यस्तै खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।

पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको नेपालले गोल गर्ने थुप्रै मौका गमाएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad