Ad Area

विश्व वातावरण दिवसका अवसरमा एन प्याव्सन दाङद्वारा जनचेतनामुलक र्याली


दाङ,२२ जेठ । जुन ५ अर्थात विश्व वातावरण दिवस अाज विभिन्न कार्यक्रम गरि नेपाल सहित विश्वभर मनाईएकाे छ । यसवर्ष माटाे वचाउ भन्ने नारासहित दिवस मनाईएकाे हाे । दिवसकाे अवसरपारि एन प्याव्सन दाङले जनचेतना मुलक र्यालि गरेकाे छ ।

विद्यालयका विद्यार्थीहरुकाे सहभागितामा माटाे वचाउ , पृथ्वी वचाउ,जीवन वचाउ , वतावरणकाे संरक्षण गराै लगायतका नारा लेखियका प्ले कार्डसहित र्यालि गरियकाे हाे । अरनिको मैदान वाट शुरु भएको र्यालिले तुलसिपुर वजारकाे विभिन्न भागकाे परिक्रमा गरि विपि चाेकमा समापन गरिएकाे थियाे ।

एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा वाेल्ने वक्ताहरुले अहिलेकाे प्रमुख चुनाैति भनेकाे माटाे वचाउनु रहेकाे वतायका थिय । माटाेकै कारण विभिन्न खाले वनस्पतिहरु लाेप हुदै गयकाे र उत्पादनमा समेत ह्रास अायकाे हुदा माटाे वचाउने अभियानमा लाग्न सुझाएका थिय । साे अवसरमा वाेल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागीले वातावरण विनास न्युनिकरणका लागि सवै क्षेत्रकाे सहकार्य अावश्यक रहेकाे बताएका हुन। उनलेे वातावरण विनास भै रहेका कारण नै माटाेकाे समेत विनास भैरहेकाे भन्दै समयमै माटाे संरक्षण अभियानमा ध्यानदिन सम्वन्धित निकायकाे ध्यानाकर्षण गराए ।

त्यस्तै कार्यक्रममा वाेल्दै सरसफाइ अभियन्ता विमल रिजालले यस्ताे महत्वपूर्ण दिवसमा सरकारि क्षेत्र वाट कुनै कार्यक्रम नगरिनु दुखद कुरा भएको वताएका थिए। रिजालले सरसफाइ र वातावरण संरक्षण गर्ने अभियानमा जनता संग सहकार्य गरेर अगाडि वढन स्थानिय निकायहरुलाई अाग्रह गरे ।

त्यसैगरि कार्यक्रममा वाेल्दै एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले वातावरण संरक्षण अहिलेकाे प्रमुख चुनाैति रहेकाे भन्दै यसकाे संरक्षणका लागि हामी सवै लागिपर्नु पर्नेमा जाेड दिए ।कार्यक्रमकाे सहजिकरण सचिव ठाकुरप्रसाद डागीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad