महिलाहरु उद्यमशिल हुन जरुरी छ : उपाध्यक्ष खड्का

दिप्तीशिखा चौधरी
दंगीशरण,२९ जेठ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उद्यमीशिल हुन जरुरी रहेको बताउँनुभएको छ ।
आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुकालागि स्थानीय सरकार आएदेखि नै महिला नेतृत्व तथा उद्यमशिलतासँग जोडिएका कार्यक्रमहरु संचालनमा आईरहेकाले यसलाई कार्यान्वयनगर्नुपर्ने कुरामा जोड दिनुभयो ।
दंगीशरण गाउँपालिकाको आयोजनामा विपन्न महिलाहरुका लागि स्थानीय उत्पादन बाट १० दिने अचार बनाउँने तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताउँनु भएको हो ।
पाचँ वर्षको अवधिमा कैयौँ वडामूखी महिला उधमशिल तथा क्षमता विकास कार्यक्रमहरु गरेपनि कुनै पनि वडामा महिलाहरु उधमी तरीकाले ब्यवसायमा लागि नपरेको भन्दै अवको पाँच वर्षमा कार्यक्रम पश्चात अनुगमनका कार्यक्रम अगाडि बढाउँने बताउँनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्काले महिलाहरु ईच्छा शक्तिलाई बाहिर ल्याई सिकेको सिपलाई बाहिर ल्याउँन आग्रह गर्दै गाउँपालिकाले महिलाहरुको माग बमोजिम नै अवका दिनमा कार्यक्रमहरु संचालनमा ल्याउँने बताउँनुभयो ।
तालिममा सहभागिहरुले तालिमपछि समुह बनाएर ब्यवसायसंग जोडिने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा सहभागिहरुलाई प्रमाण पत्रप्रदान गरिएको थियो ।
२५ जनामहिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा शारदा आचार्य र शान्ता पौडेल रहेका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखाका चन्द्रा वलीले गरेकी थिइन ।