Ad Area

दाङमा भूमे पर्वको तयारी पुरा, पाँच दिनसम्म मनाइने


घोराही, ३१ जेठ । दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल मगर संघ दाङ शाखाले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजनामा असार १ गतेदेखि पाँच गतेसम्म मनाइन थालेको पर्वको बारेमा जानकारी दिएको हो ।

कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रमको आयोजना गरेर मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् । उनका अनुसार भोली बुधवार असार १ गते विहान साढे ११ बजेदेखि कार्यक्रमका लागि सहिद लखन थापा पार्कबाट ¥याली निकालिने भएको छ ।

भुमे पर्वको बुधवार दिउँसो १ बजेद नेपाल मगर संघको प्रांगणमा पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताए । उनका अनुसार पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष सितलाल पुनले खासगरी १८ मगरातहरुमा पुर्खादेखि मनाउदै आएको पर्व भएको जानकारी दिएका छन् । रोल्पाको माथिल्लो भेग र रुकुम पूर्वमा परापुर्वकालदेखिनै भूमेपर्व मनाउने गरिएको भएपनि दाङमा २०६२ सालदेखि मात्र मनाउन थालिएको हो । रोल्पा रुकुमवाट बसाइसराई गरी दाङमा आएका मगर समुदायले आफ्नो संस्कृति बचाउनका लागि पर्व मनाउन सुरु गरेका हुन् ।

पहिले मगर समुदायको पर्वका रुपमा चिनिने भूमे पर्व अहिले अन्य समुदायको पनि आर्कषण देखिएको उनले बताए । पत्रकार भेटघाटमा नेपाल मगर संघ दाङका सचिव मुक्त बुढामगरले भूमे पर्वको अवसरमा रुकुम पूर्वमा विदा दिइएको भएपनि दाङमा विदा नदिइएको प्रति गुनासो गरेका छन् । उनले भुमे पर्वको समयमा बालबालिकाहरु विद्यालय जाने र उनीहरुलाई संस्कृतिको विषयमा जानकारी दिन समस्या हुने भएकाले सार्वजनिक विदाको समेत माग गरेका छन् ।

भुमे नाचको अवसरमा प्रतियोगिता

Blog Post Ad

नेपाल मगर संघ दाङले भुमे पर्वको अवसरमा असार १ गते भूमे नाच प्रतियोगिताको आयोजना गरेको छ । चार समुहमा बिभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समुह, २६ देखि ६० वर्ष उमेर समुहका र ६१ देखिमाथिकाको उमेर समूह बनाएर प्रतियोगिता गर्न थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् ।

कसरी नाचिन्छ भुमे नाच

जेठ महिनाको मसान्तको अन्तिम दिन बुकी फुल्ने लेकमा गएर विधि बन्धनका साथ टिपेको बुकी फुल र भेडाको बली दिइ पुजा गरेपछि मात्र नाचगान सुरु गरिन्छ । महिलाको एउटा लाइन र पुरुषको अर्काे लाइन गरी दुई लाइनमा नाचिने भुमे नाचमा सवै उमेर समूहका मानिसहरुको सहभागिता रहन्छ । भूमे नाचमा दमाह, सहनाइ, ट्याम्की, छिल्लर र नरसिंहा बाजा बजाउँदै स्यामुनाको लयमा गीत गाउँदै नाच्ने गरिन्छ । केही समय अघिसम्म मगर समुदायले मात्र मनाउने भुमे पर्व पछिल्लो समय अन्य जातिहरुले समेत मनाउँदै आएको पाइन्छ ।

Blog Post Ad Blog Post Ad