Ad Area

महिलामाथि कुटपिट गरेपछि प्रदेश राज्यमन्त्री बिमला ओली प्रहरी नियन्त्रणमा


दाङ,३१ जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ परेकी छिन्। एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री ओलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रञ्जन स्वाँरले जानकारी दिए।

राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेकी हुन्। बस्नेतको घरमै पुगेर उनकी श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो।

लगत्तै प्रहरी घटनास्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो। ‘राज्य मन्त्री ज्यूले एकराज बस्नेतकी श्रीमती मिना भण्डारलाई कुटपिट गरेपछि त्यहाँ बिवाद भयो,’ प्रहरी निरीक्षक स्वाँरले भने ‘अनि हामी त्यहाँ पुगेर राज्यमन्त्री लाई लिएर आयौँ।’ उनका अनुसार राज्यमन्त्री ओलीले किन कुटपिट गरेको भन्ने बारे एकिन खुलिनसकेको र राज्यमन्त्री ओेलीसंग सोधपुछ भैरहेको प्रहरी निरिक्षक स्वाँरले जानकारी दिए।

 

Blog Post Ad Blog Post Ad