Ad Area

ओली प्रधानमन्त्री हुँदा एसपीपीमा भाग लिन सेनाले लेखेको पत्रमा के छ ?


काठमाडौं,२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नै नेपाली सेनाले अमेरिकासँग स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन पत्राचार गरेको खुलेको छ ।

नेपाली सेनाले नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई पत्राचार गर्दै एसपीपी कार्यक्रम स्थापना गर्न आग्रह गरेको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पत्राचार गर्दा एमाले अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री थिए । संविधान निर्माणलगत्तै ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री भएको २ हप्तामै सेनाले पत्राचार गरेको देखिन्छ ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ ।
नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रसँगै एसपीपी प्रकरणमा नयाँ अध्याय सुरू भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले पनि एसपीपी सम्झौता राष्ट्रहितविपरीत भएको र त्यसको अग्रसरता वर्तमान सरकारले लिएको दाबी गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad