Ad Area

तुलसीपुरमा पीकअप गाडी दुर्घटना,तीन जना घाईते


दाङ,३ असार । दाङकाे तुलसीपुरमा पीकअप गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । नेपालजञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको गाडी शुक्रबार दिउँसो तीन बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा दुर्घटना भएको हो ।

रा १ च ११६२ नं. को उक्त गाडीमा चालकसहित तीन जना सवार रहेको र तीनै जनालाई सामान्य चोट लागेको छ । तर गाडी भने पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । सल्यानी कोटबारा किराना एण्ड सप्लार्यसको गाडी दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad