Ad Area

बचत समूहमा नयाँ नेतृत्व


दाङ,४ असार । घोराही उपमहानगरपालिका–१५ स्थित जनविहानी टोलको बचत समुहको साधारण सभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष माया आचार्यको अध्यक्षमा सम्पन्न भेलामा बार्षिक आयब्यय विवरण कोषाध्यक्ष ताराबहादुर कार्किले प्रस्तुत गरेका थिए ।

भेलाले बार्षिक एक प्रतिशात ब्याजदरमा १ लाख सम्म ऋण दिने निर्णय गरेको छ । साथै भेलाले नया कार्यसमिति चयन गरेको छ । भरतमणी अधिकारिको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा रिता पोख्रेल,सचिवमा खडग शर्मा पौडेल,कोषाध्यक्षमा ताराबहादुर कार्की रहेका छन् । त्यसैगरी सदस्यमा प्रकाश कुवर,बल्देब आचार्य र कुलबहादुर दशौदी चयन भएका छन् ।

भेलाले ज्ञानेन्द्र गौतमको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति गठन गरेको छ । जसको सद्स्यमा निमानन्द गैरे र खुमान सिह खडका रहेका छन् ।

Blog Post Ad Blog Post Ad