Ad Area

सिसहनियाँ स्वास्थ्य चौकी एम्बुलेन्स विहिन, सुत्केरीलाई समस्या


ओमप्रकाश गुप्ता

सिसहनियाँ,४ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चौकी एम्बुलेन्स विहिन भएको छ ।

स्वास्थ्य चौकीमा विगत १० महिनादेखि एम्बुलेन्स बिग्रिएर थन्किएपछि स्वास्थ्यचौकी एम्वुलेन्स विहिन बन्न पुगेको हो ।

लामो समयसम्म एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न सम्बन्धित निकायले चाँसो नदिदा त्यसको मार स्थानीयले व्यहोर्नुपरेको स्थानीयले बताएका छन् ।

विभिन्न मितिमा भएको दुर्घटनाले सो एम्बुलेन्स बिग्रिएर थन्काउनु परेको स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्काले जानकारी दिएका छन् ।

यता यस विषयमा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतसँग बुझ्दा नेपाल सरकारको नयाँ नीति अनुसार स्वास्थ्य चौकीले नयाँ एम्बुलेन्स किन्न नपाईने नियम भएकोले नयाँ खरिद गर्न नसकिएको र बनाउन खर्च अत्यधिक लाग्ने भएको हुँदा समस्या उत्पन्न भएको बताएका छन् ।

Blog Post Ad

थोरै खर्चमा मर्मत गरेर चलाउन मिल्ने भएमा असार महिना भित्रै सञ्चालन गर्ने यदि त्यो पनि सम्भव नभएमा गाउँ कार्यपालिकाको बैठक मार्फत यश आर्थिक वर्षमा गाउँपालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा सुत्केरीको संख्या समेत घटनुका साथै कुनै घटना, दुर्घटना हुँदा र स्वास्थ्य चौकीबाट रेफर गर्ने विरामीलाई बाहिरबाट एम्बुलेन्स बोलाएर पठाउनु परेको छ । राप्ती गाउँपालिकामा सरकारी १ वटा र ४ वटा प्राइभेट एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad