Ad Area

प्रजातान्त्रिक उद्यमी संघ दाङमा नयाँ नेतृत्व


हिमाल महरा
दाङ, ५ असार । प्रजातान्त्रिक उद्यमी संघ दाङमामा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार घोराहीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले मानु केसीको नेतृत्व चयन गरेको हो ।

संघको उद्योग उपाध्यक्षमा छवि नारायण गिरी,बाणिज्य उपाध्यक्ष तेजबहादुर पौडेल, महासचिव श्रीधर धिताल, सचिब लिलाराम खड्का, कोषाध्यक्ष ऋषि पोख्रेल सर्वसहमत चयन भएका छन् ।

संघको सदस्यहरुमा पदम नेपाली,धानेस्वर बुढा, युवराज पोख्रेल , हेमन्तकुमार रेग्मी, हिमाल महरा, मुक्तिराम खनाल, बिनोद डांँगी रहेका छन् । त्यसैगरी संगठन बिभाग प्रमुख प्रकाश भट्ट , सूचना सन्चार तथा प्रचार बिभाग प्रमुख सुनिल गुप्ता, आर्थिक बिभाग प्रमुख प्रेमबहादुर डाँगी, प्रशिक्षण बिभाग प्रमुख शंकर सिंह चयन भएका छन ।

प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलको अध्यक्षता एवं लुम्बिनी प्रदेश जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । साधारणसभामा संघका कोषध्यक्ष भुबन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संघको सल्लाहकारमा भुपबहादुर डांगी, श्यामप्रसाद सुवेदी, खड्कबहादुर बुढाथोकी,दिपक सुबेदी,बसन्त जोशी, भिमप्रकाश खड्का, शंकर डांगी, प्रकश श्रेष्ठ, तिलक रावतलाई चयन गरेको छ । संघका उपाध्यक्ष मधुसूदन अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव सुशील प्राकश आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad