Ad Area

जब विद्यार्थी व्यापारी बने…


दाङ,६ असार । अंक केन्द्रीत होइन, व्यावहारिक शिक्षण सिकाईमा जोड दिदै आएको गुरुकुल एकेडेमीले बालबालिकालाई विभिन्न गतिविधिमा सहभागी गराउँदै आएको छ । शिक्षालाई जीवन र व्यवहारसँग जाड्नुपर्छ भन्दै विद्यालयले विद्यार्थीहरुलाई विभिन्न शिक्षण सिकाईका गतिविधिमा जोड दिदै आएको छ ।

सोमवार पनि गुरुकुल एकेडेमीले यस्तै केही गतिविधि गराउँदै विद्यार्थीहरुलाई त्यसमा सरिक बनायो । सधै स्कुलको कम्पाउँण्डभित्र देखिने कक्षा ११ को व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु सोमवार घोराही बजारको चोकमा देखिए । रोचक त के भयो भने बजारमा उनीहरु विद्यार्थी नभएर व्यापारी पो बने । व्यापार र उद्यमशिलताको अभ्यास गराउँन भन्दै गुरुकुल एकेडेमीका कक्षा ११ का विद्यार्थीले घोराही बजारमा पुगेर उद्यमशिलता प्रयोगात्मक अभ्यास गरे ।

 

कक्षा ११ मा पढ्ने ३९ जना विद्यार्थीहरु ९ समूह बनाएर घोराही बजारको सहिद गेट, घोराही चोक, निमाहल रोड लगायत ठाउँमा आइसक्रिम, पानीपुरी, मकै, काँक्रा, लस्सीको िब्यापार गरे । बजार व्यबस्थापन, बजार मार्केटिङलगायत सम्बन्धी विद्यार्थाीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले बजारमा पठाएर उद्यमशिलता अभ्यास गराएको शिक्षक विवेक देवकोटाले बताए । विद्यार्थीहरुले आफ्नै लगानीमा व्यापार गरेका थिए । दिउँसो दुई बजे देखि ६ बजेसम्म बजारमा खाद्य समान विक्रीको अभ्यास गरेका थिए ।

बजारमै पुगेर व्यवासयबारे अभ्यास गर्न पाउँदा धेरै कुरा सिक्ने मौका पाएको विद्यार्थी निश्चल न्यौपानेले बताए । ‘व्यापार के हो कसरी गरिन्छ भन्ने कुरा सिक्न पाए’ उनले भने । उनले व्यवसायबारे पढ्दा र गर्दाको अन्तर धेरै भएको सुनाए । ‘व्यापार सोचे जस्तो सजिलो रहेनछ’ उनले भने, ‘बजारमा विक्री बढाउँन धेरै कुरा गर्नुपर्ने रहेछ ।’

Blog Post Ad

विद्यालयले जीवन उपायोगी शिक्षा दिने उद्देश्यले विद्यार्थीलाई बजारमा पठाएको बतायो ।

Blog Post Ad Blog Post Ad