Ad Area

छात्रवृत्ति कटौतीले समस्यामा मुक्त कमलरीहरु


दाङ, ८ असार । मुक्त कमलरीले राज्यले छात्रबृत्ति कटौती गरिदिदा आफुहरु समस्यामा परेको बताएका छन् । उनीहरुले छात्रवृत्ति नपाउदा पढाई समेत छोडनु पर्ने बाध्यता आएको बताएका छन् ।
मुक्त कमलरी विकास मञ्चले वुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले वेवस्था गर्दा कमलरी मुक्त भएको २२ बर्षसम्म पनि कमलरीहरुले परिचयपत्र प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै मुक्त कमलरी आशा चौधरी अहिले कसरी अध्ययन गर्ने भन्ने चिन्तामा परेको बताइन् । पैसाको अभाव हुँदा पढाई छुट्ने होकी भन्ने चिन्तामा रहेको उनले बताइन् । राज्यले वजेट काटी दिदा आफुहरु समस्यामा परेको बताइन् ।

कक्षा १२ सम्म सरकारले मुक्त कमलरी छात्राहरुलाई छात्राबृत्ति दिने गर्छ । पहिले व्याचुलर पढनका लागि वजेट दिए पनि अहिले वजेट काटि दिएको उनको भनाइ रहेको थियो । मञ्चका पुर्व अध्यक्ष मञ्जीता चौधरीले सरकारले वजेट काटिदिदा मुक्त कमलहरु पढाइ छोडनु पर्ने वाध्यता भएको बताइन् । यसका वारेमा सरकारलाइ पटक पटक जानकारी गराउदा पनि माग पुरा हुन नसकेको उनको भनाइ रहेको छ । सरकारले २ वर्ष यता छात्र वृति नदिएको उनले बताइन् ।

‘हामीले धेरै पटक माग गरेउ तर माग सुनाइ भएन अव पनि माग सुनाइ नभए आन्दोलनमा जाने छौ ’ मञ्जीताले भनिन् । सरकारले आफुहरु संग गरेको सम्झौता कार्यान्वयन नगरेको उनको भनाइ रहेको छ । अहिले पनि धेरै मुक्त कमलहरीहरुले परिचया पत्र पाउन नसकेको भन्दै परिचय पत्रको व्यवस्था गरिनु पर्ने बताइन् । छात्रा वस्नेहरु मुक्त कमलहरीलाई समेत धेरै समस्या रहेको उनले बताइन ।

अंकिता चौधरीले अहिले व्याचुलर प्रथम वर्षमा छात्रबृतिमा पढन पाउने निती ल्याए पनि त्यसका लागि चाहिने कागज पत्र पु¥याउन नसक्ने अवस्था रहेको उनले बताइन् । प्रथम वर्षमा भएपनि दोस्रो वर्ष वाट के गर्ने भन्ने वारे अन्यौल रहेको उनले बताइन् । ‘घर परिवार कोही नभएकाले कसरी नाता प्रमाणीकरण गर्ने हो’ उनले भनिन् । पत्रकार सम्मेलन मुक्त कमलहरी विकास मञ्चका केन्द्रीय सचिव निर्मला चौधरीको अध्यक्षतामा भएको थियो । विष्णु चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सुनिता चौधरीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad