Ad Area

माओवादी छोडेका गौतम एमालेमा प्रवेश


दाङ,१० असार । नेकपा माओवादी केन्द्र छोडेर स्वतन्त्र बसेका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् ।

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समेत रहेका गौतमले स्थानीय तह निर्वाचन अघि पार्टीबाट राजीनामा दिएका थिए ।

घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा आकान्क्षी रहेका गौतमले टिकट नपाउने भएपछि पार्टीबाट राजीनामा दिएका थिए । राजीनामा दिएका गौतम शुक्रवार एमाले प्रवेश गरेका हुन । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्थे ।

Blog Post Ad Blog Post Ad