Ad Area

सहमति जुट्न नसक्दा राप्ती गाउँपालिकामा बजेट ल्याउन ढिलाई


ओमप्रकाश गुप्ता
भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकामा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् ।

शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा उपाध्यक्ष चाैधरीले विषयगत समितिको बैठक नबसी बजेट प्रस्तुत गर्न नसकिने बताएकी छिन्  भने केही वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका छन् । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटाैती गर्नु परेको बताएका छन् ।

केही वडा अध्यक्ष तथा सदस्यहरूले शिक्षा, स्वास्थ्यमा बजेट हाल्न नचाहेकोले कार्यपालिका बैठक सर्वसहमतीले पारित हुन नसकेको हो । वडा अध्यक्षहरूले न्युनतम ९० लाख देखि १ करोड सम्मको बजेट माग गरेका छन् ।

बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चाैधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ लगायतले हस्ताक्षर गरेका छैनन् ।

विरोधका कारण शुक्रबार ४ बजे आउने भनेको बजेट अहिले सम्म आउन सकेको छैन् । दोस्रो चरणको कार्यपालिका बैठक बस्न नसक्दा बजेट प्रस्तुत अन्याैलमा रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad