प्रतिष्ठानमा गर्भवतीकाे एपेण्डिसाइटिसको सफल अप्रेसन

घोराही,११ असार । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २३ हप्ताको गर्भवती महिलाको जटिल प्रकारको एपेण्डिसाइटिसको सफल अप्रेसन भएको छ । प्रतिष्ठानका सर्जन, चिकित्सक र एनेस्थेसियाको टोलिले दङ्गिशरण २ का १८ वर्षिया महिलाको अप्रेसन गरेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।
तुलसीपुर एपोलो क्लिनिबाट रिफर भएकि आएकि बिरामी प्रतिष्ठानमा भर्ना भएकी थिइन । क्लिनिकमा र प्रतिष्ठानमा अल्ट्रासाउण्ड गरेपछि बिरामीमा एपेण्डिसाइटिस समस्या देखीएको थियो । प्रतिष्ठानको सेवा राम्रो भएकाले अप्रेसनका लागि आफु अस्पताल भर्ना भएको बिरामिले बताइन । उनले भनिन “एक दिनको पेट दुखाईपछि मेरा परिवारले क्लिनिकमा लैजानु भएको थियो, अल्ट्रासाउण्ड गर्दा एपेण्डिसाईटिस देखीएपछि प्रतिष्ठानमा सेवा राम्रो छ भनेर सन्चारमाध्यमबाट थाहा पाएकै कारण त्यहाबाट रिफर भई प्रतिष्ठानमा उपचारका लागि आएकि हुँ, यहाँका चिकित्सकहरुले मेरो राम्रो उपचार गरि सफल अप्रेसन गरिदिएकोमा धन्यवाद दिन चाहन्छु ।” अप्रेसनपश्चात बिरामीको अबस्था सामान्य रहेको छ । अप्रेसनमा संलग्न एनेस्थेसियोलोजिष्ट डा। राजन शाक्यले २३ हप्ताको युवतिको जटिल स्वास्थ्य अवस्थालाई ध्यान दिदै उच्च जोखिम लिएर अप्रेसन गरिएको बताए ।