लिभरपुल र म्यानचेस्टरलाई पछि पार्दै चेल्सी शीर्ष स्थानमा

दाङ,४ असोज । चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोलले पराजित गर्यो।
चेल्सीका लागि थियागो सिल्भाले खेलको ४९ मिनेटमा पहिलो गोल गरे। कान्टेले ५७ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा रुडिगरले चेल्सीका लागि तेस्रो गोल गरेका थिए।
जितसँगै शीर्ष स्थानमा उक्लिएको चेल्सीको ५ खेलबाट १३ अंक भएको छ।
दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान १३१३ अंक भए पनि चेल्सी गोलअन्तरमा अघि रहेको हो।
