Ad Area

मोटरसाईकलको ठक्करबाट २ जनाको मत्यु, २ जना घाईते !


घोराही, १७ असार । दाङमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारका अनुसार बिहीबार बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकलले घोराही ७ बेसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कवँर र साईकलमा सवार घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका प्रहरीले पुष्टि गरेको छ ।

रा ३ प २२९२२ नम्बरको मोटरसाईकलको पछाडि सवार घोराही ७ का वर्ष ३७ का ३८ वर्षीय बसन्त चौधरी र साईकलयात्री सोही ठाउँका वर्ष १५ का विनोद भण्डारी उक्त दुर्घटनामा घाईते भएका छन् ।

गम्भीर घाईतेहरुको उद्धार गरी अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । ट्राफिक प्रहरीका अनुसार मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई साइकलमा ठोक्किन पुगेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad