Ad Area

पुल निर्माण हुँदै गरेको खाडलमा डुबेर चार बर्षीया बालिकाको मृत्यु


देउखुरी,१७ असार । दाङको देउखुरीमा पुल निर्माणको लागि खनिएको गाडलमा परेर एक जनाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।