Ad Area

नेपाल मगर सांस्कृतिक संघमा सर्वसहमत नेतृत्व चयन, अध्यक्षमा थापामगर


प्रेमविवश घर्तीमगर
दाङ,१८ असार । नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सर्वसहमत चयन भएको छ । संघको काठमाडौंको नक्सालमा भएको ७ औं महाधिवेशनले दीपसागर थापा मगरको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा अमला थापामगर र बिलन थापामगर, उपाध्यक्षमा कुमार रानामगर, महिला उपाध्यक्षमा तारा श्रीषमगर,सास्कृतिक बाह्र उपाध्यक्षमा पवन रानामगर, सास्कृतिक अठार उपाध्यक्षमा नन्द घर्तीमगर,सास्कृतिक कायके उपाध्यक्षमा गंगा पुन, महासचिवमा डोलराज बारघरेमगर,उपमहासचिवमा नीर आलेमगर रहेका छन् ।

सचिवमा प्रसाद खप्तरीमगर र पदम थापामगर, कोषाध्यक्षमा जुना श्रीषमगर, सहकोषाध्यक्ष सन्जु थापामगर रहेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा दाङ निवासी प्रेमबिबश घर्तीमगरसहित राजकुमार समालमगर, भुपेन्द्र रिखाममगर, मोहनकुमार मगर, पदमा थापामगर, शिबराम मगर, शर्मिला रानामगर, रमेशबाबु थापामगर, सुरज थापामगर, सुमन थापामगर, दिपु मगर, देबी थापामगर, राजकुमार मगर, आशा पुनमगर, लिला कवँर,दिलिप थापामगर, बिरता पुनमगर, देबीराम रानामगर, जानुका आलेमगर, खेम रानामगर र सुनिल थापामगर रहेका छन् ।

मगर कला,संस्कृति,भाषा, लिपीको संरक्षण प्रवद्र्धन र सिङ्गो मगरहरुको पहिचान लागी सर्वसहमतिमा चयन भएको कार्यसमितीको ३ वर्षे कार्यकाल रहनेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad