Ad Area

अनुगमन टोलीले मलका गोदाम रित्तै भेटायो


घोराही, १८ असार । घोराही उपमहानगरपालिका अन्तरगतको उपभोक्ताहित संरक्षण शाखाले आइतबार कृषि सहकारी तथा मल बिक्रि गर्ने पसलमा अनुगमन गरेको छ । शाखाका प्रमुख श्रीधर अधिकारीको नेतृत्वमा घोराही बजारमा रासायनिक मलको अवस्थाका बारेमा जानकारी लिनुका साथै मल बिक्रिका बारेमा पनि फिल्ड अनुगमन गगरेको हो ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, कृषि सामग्री कम्पनीका प्रमुख टोपाराम गौतम, कृषि ज्ञान केन्द्र प्रमुख वुद्धिराज घिमिरे, प्रहरीलगायतको टोलिले घोराही १४ मा रहेको प्रज्ञा सप्लायर्स, घोराही सहकारी संस्था, घोराही १५ स्थित श्री ग्रामीण उत्थान कृषि सहकारी संस्था लिमिटेड, बसन्तमान श्रेष्ठ मलखाद गोदाम, सम्झना एग्रो भेट, साल्ट ट्रेडिङ कम्पनी लगायत स्थानमा अनुगमन गरेको हो ।

मलको बारेमा अनुगमन गर्दा सबै मलका गोदाम प्राय रित्तो भेटिएको छ । केही स्थानमा दुई चार बोरा डिएपी बाहेक केही नभेटिएको घोराही उपमहानगरपालिकाकी उपप्रमुख डिसीले बताउनुभयो । खेतीपातीको यो सिजनमा किसानले मल नपाएर छटपटीनु पर्ने बाध्यताका बीच आफुहरु मलको वास्तविक अवस्था बुझ्न बजार अनुगमनमा निस्केको बताउनुभयो । बढीमात्रामा देखा परेको भनिएको साल्ट ट्रेडिङको डिएपी मल पनि सहकारीको सूचिकृत भएको कोटाको मल भएकाले कृषकलाई सिधै बिक्रि गर्न नमिल्ने अवस्था रहेको पाइएको छ ।

अनुुगमनका क्रममा बजारका अधिकांश कृषि सहकारीमा रासायनीक मलको कृतिम अभाव नदेखिएको शाखाका प्रमुख अधिकारीले बताउनुुभयो । यस्तै, घोराहीमा रहेको साल्ट ट्रेडिङमा कोटा अनुसारको रासायनीक मल राखिएको भएपनि त्यो प्रयाप्त नभएको उहाँले बताउनुुभयो । मल बिक्रिका लागि राखिएकोमा केही पसलहरुमा खरीद बिल नराखी मल बिक्रि गरेको पाइएको छ । बजारमा मलको क्रृत्रिम अभाव हो या स्वाभाविक हो भन्ने विषयमा अनुगमन गरिएकोमा जिल्लामा मलको अभाव देखा परेको पाइएको छ ।

खरीद गरी ल्याइएको केही थान बोरा मल साल्ट ट्रेडिङ कम्पनीको र केही सीमा पारीबाट ल्याइएको पाइएको छ । तर, जिल्लामा हाल एक बोरा पनि युरिया मल नरहेको पाइएको छ । यो पटक असारको तेश्रो सातासम्म मल आउने दावी गरिएकोमा सरकारले समयमा मल ल्याउन नसकिने बताएसँगै धान रोपेर मलको पखाईमा रहेका यहाँका किसानले मल पाउने सम्भावना कमजोर बन्दै गएको छ । साल्ट ट्रेडिङले हाल बिक्रि गर्दै आएको डिएपी मल जिल्लाभरबाट यस अघि सूचिकृत १ सय ५१ वटा सहकारीलाई वितरण गरिरहेको छ ।

जसमा अधिकांश सहकारी संस्थाले कोटाको मल लगिसकेका छन् । अब केही सय थान मल मात्रै कोटाको रहेको साल्ट ट्रेडिङ कम्पनीका प्रमुख रामबाबु प्रसाद गुप्ताले बताउनुभयो । मलका लागि दिनभर मलको गोदान घाउँदै आएका किसान रित्तो फर्कनु पर्ने बाध्यताका बीच गरिएको बजार अनुगमनले किसानले मल पाउने सम्भावना अझ कमजोर बनाएको छ । तर, सिमावर्ती क्षेत्रबाट आन्तरिक रुपमा छिटफुट मल ल्याएर किसानले खेतीपाती गर्दै आएका छन् । उता, कृषि सामग्री कम्पनीले आफुसँग एक बोरा पनि मल नभएको बताएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad