Ad Area

सामी परियोजनाद्वारा घाेराहीकाे पार्श्व चित्र सार्वजनिक


घोराही, १९ असार । सुरक्षित आप्रवासन सामी परियोजनाले अन्तरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । घोराही, तुलसीपुर, लमही र बबईमा गरी दाङका ४ पालिकामा काम गर्दै आएको सामी परियोजनाले आईतबार चारै पालिकाका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधि तथा पत्रकारहरुको उपस्थितीमा वार्षिक समिक्षासहित अन्तरक्रिया कार्यक्रम गरेको हो ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धि घोराहीको पाश्र्व चित्र विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले वैदेशिक रोजगारीका क्रममा अलपत्र पर्दा, अंगभंग हुने खालका घटना हुँदा सामी परिोजनाले सहजिकरण गरिदिदा सहज भएको अनुभव सुनाएका थिए ।

कार्यक्रममा घोराहीका प्रमुख चौधरीले वैदेशिक रोजगारीका लागि जाँदा सिप सिकेर बैधानिक तरिकाले जानु पर्ने बताउनुभयो । सकेसम्म देशमै स्वरोजगार बन्ने प्रयासमा लाग्नुपर्ने जानै परे सिप सिकेर सुरक्षित तरिकाले दक्षता प्राप्त गरेर जानुपर्ने बताउनुभयो ।

वैदेशिक राेजगारीलाई सुरक्षित बनाउने मात्रै हाेईन, त्यहाँबाट दुख गरि कमाएकाे पैसालाई यहाँ सहि सदुपयोग कसरी गर्ने भन्ने कुरा पनि परियाेजनाले सिकाउने काम गरेकाले समाजमा सकारात्मक प्रभाव परेकाे बताउनुभयो । साे अवसरमा सामीका कार्यक्रम अधिकृत विष्णु अर्यालले परियाेजनाले हालसम्म प्रवाह गरेका काम र उपलब्धिसहितकाे तथ्यांक प्रस्तुत गर्नुभएको थियाे । परियाेजनाकी बसन्ती पुनले दाङमा सामी परियाेजनाले प्रदान गर्दै अाएकाे सेवाका बारेमा जानकारी गराउनुभएकाे थियाे भने सहजीकरण घाेराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बालकृष्ण खनालले गर्नुभएको थियाे ।

Blog Post Ad Blog Post Ad