Ad Area

गोरखा तुलसीपुरले कब्जा गर्‍यो रनिङ शिल्ड


लक्ष्मण बस्नेत
दाङ,१९ असार । दाङ जिल्लास्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी जितेको साबिक बिजेता गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समितिद्वारा संचालित प्रतियोगितामा ९ स्वर्ण,२ रजत र ३ कास्य पदकका साथ लगातार तीन वर्ष शिल्ड जितेको गोरखा माबी तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको हो। त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ४ स्वर्ण,२ रजत १ कास्य पदकका साथ उपबिजेतामा सिमित रहदा रोजि वर्डस लमही २ स्वर्ण ४ र ३ कास्य पदक हात पार्दै तृतिय भयो भने ज्ञानज्योती २ स्वर्ण,४ रजत २ कास्य पदकका सान्त्वना हुन सफल भएको छ ।

उता भलिबल छात्रामा मिडवयस्ट प्वाईन्ट एकाडेमी शान्तिनगर प्रथम,सिद्धपृथ्वी श्रीगाउ द्वितिय र गोरखा माबी तुलसीपुर तृतिय भए । भलिबल छात्रामा मिडवयस्टकी रन्जना थापा उत्कृष्ट भईन । त्यस्तै छात्र भलिबलतर्फ ज्ञानसिन्धु घोराही प्रथम, जनता मावि शान्तिनगर द्वितिय,गोरखा मावि लमही र बुद्ध मावि शान्तिनगर तृतिय भए ।

छात्र भलिबलमा ज्ञानसिन्धुका दिनेश बाठामगर उत्कृष्ट भए । त्यस्तै कबडी छात्रतर्फ गुरुजजुर माबी रक्षाचौर प्रथम, मावि पदमपुर द्वितिय, र मावि रझेना तृतिय भए । छात्रमा गुरुजजुरका ईश्वर पुन उत्कृष्ट भए । त्यस्तै कबडी छात्रातर्फ माबी गङटे प्रथम,गुरुजजुर द्वितिय र अरनिको तुलसीपुर र गोरखा घोराही तृतिय भए । कबडी छात्रामा मावि गङटेकी सृष्टि बिक उत्कृष्ट भईन । त्यस्तै एथलेटिक्स छात्रमामा गोरखामा माबिकी करुणा रिजाल र छात्र गोरखाकै चित्र बहादुर बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरी ले जानकारी दिएकी छिन ।

यसैबिच प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समिती दाङका उपप्रमुख चेतना चौधरीको अध्यक्षता तथा निवर्तमान राष्ट्रिय सभा सदस्य, नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कोमल ओलिको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न १७ का अध्यक्ष थल राज पुरीको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा मार्सल आर्ट करातेको बुन्काई प्रदर्शन गरिएको थियो भने बिजेता बिधालय तथा खेलाडीहरुलाई मेडल प्रमाणपत्र, ट्रफी शिल्ड प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad