Ad Area

कविता घर्तीमगरको कौरा गीत ‘तिमी मेरो पहिलो माया हो’ बजारमा


प्रेमविवश घर्तीमगर
दाङ,२१ असार । लोक गायीका कविता घर्तीमगरको ‘तिमी मेरो पहिलो माया हो’ कौरा (चुट्का) गीत बजारमा आएको छ । सल्यान जन्म घरभइ करिव दुई दशक बढी बेलायतलाई कर्मथलो बनाईरहनु भएकी घर्तीले मगर संस्कार र सस्कृति झल्कने कौरा गीत बजारमा ल्याउनु भएको हो ।

भौतिक शरिर विदेशी भूमीमा भएपनि आफ्नो मगर समुदायको र देशको कला, संस्कार र र संस्कृतिलाई मायासागै संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले आफुले कौरा गीत दर्शक तथा श्रोता समक्ष लिएर आएको बताउनुभएको छ ।

अविनास थापामगरको शब्द, गणेश गुरुङको लय, कविता घर्ती मगर र गणेश गुरुङको स्वर रहेको कौरा गीत मगर र गुरुङ समुदायको मौलिकतामा आधारित रहेको छ । यो गीत बजारमा ल्याउदा आफुले वि.सं.२०२२ सालमा रेडियो नेपालमा प्रत्यक्ष भाग लिएर गाएको समेत स्मरण भएको गायिका घर्तीले बताउनु भएको छ ।

बेलायतमा रहेर पनि नेपाली गीत संगीत र नेपाली कला ,संस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बेलायतमा एक मात्र सयपत्री नेपाली कल्चर ग्रुप स्थापना गरी सञ्चालन गरेको गायिका घर्ती मगरले बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad