घाेराही खानेपानीकाे महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी
घोराही, २६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी भएका छन् ।
निर्वाचनमा प्राप्त मत परिणाम अनुसार महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्काले सर्वाधिक २ हजार १ सय ६७ मत ल्याएर बिजयी भएकी छिन् । त्यसैगरी गठबन्धनकै बिन्दु पाण्डेले १ हजार ८ सय ७० र यशोदादेवी पाण्डेले १ हजार ६ सय ६८ मत ल्याएर बिजयी भएका छन् । यद्यपी निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।
निर्वाचनमा सयुक्त प्यानलका महिला उम्मेदवारज्योति रोका मगरले १ हजार ६६, लक्ष्मी अधिकारी १ हजार २ सय ६० र दिवकला पाण्डेले १ हजार ४३ मत प्राप्त गरेर पराजित भएका छन् । पदाधिकारीसहित खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।